इनरुवा । नेपाल पुर्व प्रहरी संगठन नगर इकाई कार्यसमिति इनरुवा सुनसरीले पुर्व हबलदार बाबुराम घिमिरेलाई आर्थिक सहयोग गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० निवासी घिमिरे क्यान्सरबाट ग्रसित भएपछि उनलाई आर्थिक रकम संकलन गरेर आर्थिक सहयोग गरेका हुन् ।
क्यान्सर रोगबाट पीडित भएका घिमिरेलाई नेपाल पुर्व प्रहरी संगठन नगर इकाई कार्यसमिति इनरुवा सुनसरीले ४३ हजार ९ सय ५० रुपैया पुर्व प्रहरीहरुसँग आर्थिक रकम संकलन गरेर सहयोग गरेको हो ।
पुर्व प्रहरीहरुले गठन गरेको नेपाल पुर्व प्रहरी संगठन नगर इकाई कार्यसमिति इनरुवा कार्यसमितिका अध्यक्ष केशव कुमार पाण्डे, सचिव थीरप्रसाद बन्जारा र कोषाध्यक्ष हेम कार्कीको पहल तथा समन्वयमा इनरुवा, प्रकाशपुर र मधुवन लगायतका ठाउँमा रहेका पुर्व प्रहरीसँग रकम संकलन गरेर ४३ हजार ९ सय ५० रुपैयाँ पुर्व हवलदार घिमिरेलाई उपचार गर्नका लागि प्रदान गरिएको छ ।
पुर्व हवलदार घिमिरे क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्न समस्या भएकाले पुर्व प्रहरीको संगठनले रकम संकलन गरेर उपचार गर्नका लागि सो रकम प्रदान गरिएको इनरुवाका अध्यक्ष पाण्डेले जानकारी दिए ।
इनरुवा, प्रकाशपुर र मधुवन लगायतका ठाउँमा रहेका ८० जना भन्दा बढी पुर्व प्रहरीहरुले दिएको रकम जम्मा गरेर ४३ हजार ९ सय ५० रुपैयाँ पुर्व हवलदार घिमिरेलाई उपचार गर्नका लागि सो रकम उपलब्ध गराइएको छ ।