Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह कांग्रेसको सभापतिमा एकको उम्मेदवारी खारेज,अब दुईजना सभापति पदमा प्रतिस्पर्धा हुने निश्चित

आजको बैठकले निर्वाचन मिति तय गर्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह कांग्रेसको सभापतिमा एकको उम्मेदवारी खारेज,अब दुईजना सभापति पदमा प्रतिस्पर्धा हुने निश्चित
83
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका तीन जना मध्ये एकको उम्मेदवारी खारेज भएको छ । निर्वाचन कार्यतालिका अनुसार गत असोज ८ गते नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदमा तीन जनाले मनोनयन दर्ता गरेका थिए ।

भोक्राहा नरसिंहको सभापति पदमा युवराज दाहाल, देव नारायण महतो र राजेन्द्र प्रसाद मेहताले मनोनयन दर्ता गरेका थिए । असोज ८ गते नै मनोनयन दर्ता भएपछि दावी विरोधको समयमा सभापति पदमा राजेन्द्र प्रसाद मेहताविरुद्ध उजुरी परेको थियो । असोज ९ गते हुने भनिएको पालिका निर्वाचन विवाद भएपछि स्थगित भएको थियो ।

नेपाली कांग्रेस सुनसरी निर्वाचन अधिकृत उत्तम पौडेलले विवाद उत्पन्न भएपछि निर्वाचन अनिश्चितका लागि सूचना प्रकाशित गरेर स्थगित गरेका थिए । सभापति पदका उम्मेदवार मेहता विरुद्ध उजुरी परेपछि निर्वाचन अधिकृत पौडेलले केन्द्रीय निर्वाचन समितिलाई विवादका बारेमा लिखित जानकारी गराएका थिए । विवाद समाधान गर्नका लागि केन्द्रमा पठाएको उजुरी उपर छानविन भई सभापति पदका उम्मेदवार मेहता सहित अन्य तीनजनाको उम्मेदवारी खारेज गरेको छ । जसमा ममता कुमारी उराँव र सराजुद्धिन मंसुरीको समेत उम्मेदवारी खारेज गरिएको छ ।

उनीहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाको गत स्थानीय तहको निर्वाचन २०७४ मा पार्टीको अधिकारीक उम्मेदवारका विरुद्ध बिभिन्न पदमा उम्मेदवार भएका तथा त्यसका समर्थक र प्रस्तावकहरुलाई नेपाली कांग्रेसको विधान बमोजिम स्वतः अनुशासनको कारवाहीमा परेको हुदाँ पार्टीको विद्यान, नियमावली र निर्वाचन निर्देशिका बमोजिम उम्मेदवारी खारेज गरिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज १७ बसेको बैठकले तीन जनाको उम्मेदवारी खारेज भएको निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठद्वारा हस्ताक्षरित सुचनामा तीनजनाको उम्मेदवारी खारेज गरिएको उल्लेख गरिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा सभापति पदमा दुुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । सभापति पदमा युवराज दाहाल र देवनारायण महतोबीच चुनावी प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि विवाद साम्य भएको बुझिएको छ । अब नेपाली कांग्रेस सुनसरीका अगुवा नेताहरुको बैठकबाट निर्वाचनको मिति तय गरिने भएको छ । भोक्राहा नरसिंहमा निर्वाचनको मिति तय भएपछि निर्वाचन प्रक्रिया अगाडी बढाउने बुझिएको छ ।

नेपाली कांग्रेस सुनसरीका निर्वाचन अधिकृत पौडेलले नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाको नेतृत्वमा बस्ने बैठकले निर्वाचनको मिति टुङ्गो लगाएपछि निर्वाचन हुने बताएका छन् । सुनसरी काँग्रेसका सभापति राजीव कोइरालाले कोशी गाउँपालिकाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं.४का क्षेत्रिय सभापति अयुब अंसारी , हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी , पूर्व महासमिति सदस्य जमिल अंसारी लगायतका अगुवा नेताहरुको बैठक समेत बस्ने तयारी गरेको विश्वस्तसुत्रले जनाएको छ ।

Tags: नेपाली कांग्रेसको १४ औं महाधिवेशनभोक्राहा नरसिंह गाउँपालिका
Share33Tweet21SendScan
Previous Post

बालकृष्ण माविमा विदाई तथा सम्मान

Next Post

गोरे सुनकाण्डमा अदालतको फैसला : ६ जनालाई जन्मकैद, ८ जना दोषी ठहर

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
गोरे सुनकाण्डमा अदालतको फैसला : ६ जनालाई जन्मकैद, ८ जना दोषी ठहर

गोरे सुनकाण्डमा अदालतको फैसला : ६ जनालाई जन्मकैद, ८ जना दोषी ठहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In