इनरुवा । सुनसरी प्रहरीले चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरेपछि नेपालमा प्रतिवन्ध लगाइएको भारतीय पट्का बरामद गर्न थालेको छ ।
सुनसरी प्रहरीले निगरानी बढाउन सुरु गरेकाले प्रतिवन्ध लगाइएको पट्का धमाधम बरामद गर्न थालेको हो । सुनसरी प्रहरीले चाडपर्वमा बिशेष सुरक्षा योजना लागू गरेपछि सुनसरीको बिभिन्न क्षेत्रबाट भारतीय पट्का बरामद हुन थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुहवी नगरपालिका वार्ड नम्बर–१ परासटोकी क्षेत्रबाट इलाका प्रहरी कार्यालय दुहवीको टोलीले चेकजाचँ गर्ने क्रममा सुनसरी गढी गाउँपालिका वार्ड नम्बर–३ छिटाह बस्ने बर्ष ५५ को ईन्द्र नारायण साहवाट किंग कोब्रा लेखिएको १४ वन्डल पट्का बरामद गरिएको छ । साहले सेतो प्लाष्ट्किको वोरामा प्याकिङ गरी काधँमा वोकि आईरहेकाको बेला दुहबी प्रहरीले चेकजाँच गर्दा सो परिमाणको पट्का बरामद गरिएको छ । साह विरुद्द मुलुकी अपराध संहिता २०७४ ‘बिष्फोटक पदार्थ सम्बन्धि कसुर’ मा दिन ७ दिन जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सुचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
यसैगरी सुनसरी ईटहरी उमनपा वडा नम्बर–६ बस्ने बर्ष २७ को राजु साहले भारतबाट अबैधरुपमा बिष्फोटक जन्य पदार्थ (पटका) हरु ओसारपसार गरी विक्री वितरण गर्दै गरेको भन्ने सुचनाको आधारमा ठुलो परिमाणको पट्का सहित उनलाई पक्राउ गरिएको छ । सुनसरी ईटहरी उमनपा वडा नम्बर–४ आर्मी क्याम्प नजिक सडक किनारामा को.३५ प. ८७६८ नं. को मोटरसाईकलमा पछाडी २ वटा सेतो प्लाष्टिकको वोरा लोड गरेको र मोटरसाईकल नजिकै छेउमा पहेलो प्लाष्टिकको वोरामा ४ वोरा र हरियो प्लाष्टिकको २ वोरामा प्याक गरी राखेको अबस्थामा उक्त मोटरसाईकल सहित साहलाई ईप्रका ईटहरीको टोलीले पक्राउ गरेको छ ।
वरामद गरिएका श्रीभीजई किंग कोब्रा लेखिएको बिष्फोटक पदार्थ (पटका) ८ वटा प्लास्टिकको बोरामा जम्मा ७६ (छैहत्तर) बण्डल (प्रति बण्डलमा ५० प्याकेटका दरले जम्मा ३ हजार ८ सय प्याकेट) रहेका छन । उनलाई पनि जिल्ला अदालतवाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘विष्फोटक पदार्थ संवन्धी कसुर’ मा १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा स्थित भित्री सडक खण्डमा नाम थर वतन नखुलेको एक ब्यक्तिले साईकलमा ल्याउदै गरेको नागिन पटका–३३ बण्डल वरामद गरिएको छ । प्रहरीलाई देखेपछि सो व्यक्ति साईकल छाडेर भागेकाले पक्राउ गर्न नसकिएको सुनसरी प्रहरीले जनाएको छ ।