Wednesday, July 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

आखिर राजेन्द्र प्रसाद मेहताको के दोष ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २१, २०७८
in समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहको सभापति पदमा मेरो जित सुनिश्चित : मेहता
65
SHARES
Share on FacebookShare on Twitter

ताविल अंसारी ।  नेपाली काँग्रेस विधि, विधान बमोजिम चल्ने मुलुकको ऐतिहासिक तथा प्रजातन्त्रका लागि स्थापित राजनैतिक पार्टी हो । नेपालको हरेक कालखण्डमा जब जब प्रजातन्त्रको घाटी निमोट्ने प्रयास हुन्छ नेपाली काँग्रेसको नेतृत्वको आन्दोलन अपरिहार्य रहेको विगतको एतिहासिक घटनाहरुले पुष्टि गरि सकेको छ । तर आफनै पार्टी भित्रको प्रजातान्त्रिक अभ्यासको व्यवस्थापनको कमिका कारणले पार्टी भित्र कलह , अन्तरद्धन्दहरु देखा पर्ने गर्छन् । अहिले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा देखा परेको पार्टी भित्रको गुटबन्दी र विधि विधान र नैतिकताले कतिपय निर्दोष कार्यकर्ताहरु बलिका बकरा भएका छन् ।

सन्दर्भ सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाको हो । भोक्राहा नरसिंह गाउँपालिकाको आसन्न नेपाली काँग्रेस गाउँ अधिवेशन अहिले स्थगित छ । सुनसरी जिल्ला स्तरीय नेताहरुको निरन्तर बसेको बैठकले केही दिनमा नै गाउँ अधिवेशन सम्पन्न गर्ने जानकारीमा आएको छ । भोक्राहा नरसिंह काँग्रेस अधिवेशन निर्धारित समयमा सम्पन्न नहुनुमा उम्मेदवारी मनोनयनमाथि परेको उजुरी हो । भोक्राहा नरसिंह काँग्रेस सभापति पदमा तीन जनाले उम्मेदवारी मनोनययन गराएका थिए जस मध्ये राजेन्द्र प्रसाद मेहता बलिया उम्मेदवार रहेको चर्चा थियो । विगतका दिनमा राजेन्द्र प्रसाद मेहता संस्थापन पक्ष –कोइराला पक्षका थिए । अहिले उनी देउवा पक्षका छन् ।

उनी संस्थापन पक्षमा रहेका बेला स्थानीय चुनावका बेला भोक्राहा नरसिंह गाउँपालिकाका संस्थापन पक्षका उम्मेदवार अजमल हुसेनलाई सघाएका थिए । उनी विरुद्ध स्थानीय इसराइल मन्सुरीले स्वतन्त्र उम्मेदवारी दिएका कारण पार्टी भित्रको मत विभाजनका का कारण संस्थापन पक्षका उम्मेदवार अजमल हुसेन हारेका थिए भने काँग्रेस भित्रको मत विभाजनको फाइदा उठाएर तत्कालिन मधेशी जनअधिकार फोरमका उम्मेदवार अध्यक्षमा महेन्द्र प्रसाद यादव र उपाध्यक्षमा पुनम कुमारी मेहता लगायत केही वडाध्यक्ष ,वडासदस्यहरु जित्न सफल भएका थिए ।

नेपाली काँग्रेसको संस्थापन पक्षबाट उम्मेदवार बनेका अजमल हुसेनलाई जिताउनका लागि राजेन्द्र प्रसाद मेहता भरपुर कोशिस पनि गरेका थिए । चुनावका बेला मतदाताहरु सम्म पुग्नका लागि अधिकत्तम सवारी साधनको प्रयोजनका लागि सहमतिमा स्वतन्त्र उम्मेदवार खडा गरि उनले पाउने सवारी साधन अधिकारिक उम्मेदवारले प्रयोग गर्ने भनि पार्टीकै हित र सहमतिमा राजेन्द्र प्रसाद मेहताले स्वतन्त्र उम्मेदवारको समर्थकमा बसेका थिए । अहिले राजेन्द्र प्रसाद मेहता देउवा पक्षमा लागे पछि पार्टीको केन्द्रिय सकुर्लरको फाइदा उठाउँदै संस्थापन पक्षबाटै राजेन्द्र प्रसाद मेहताको उम्मेदवारी विरुद्ध उजुरी दिए । आफु पार्टीको हित विपरित कुनै काम नगरेको तत्कालिन अवस्थामा उम्मेदवारलाई जिताउनका लागि अधिकत्तम सवारी साधन प्रयोग गर्ने उद्देश्यले सहमतिमा नै स्वतन्त्र उम्मेदवार खडा गरेको हुँदा उनको समर्थकमा बसेको भनि लिखित स्पष्टिकरण दिएता पनि केन्द्रिय अनुशासन विभागले त्यस तर्फ छानविन नै नगरि पार्टीको सकुर्लरलाई प्राथमिकता दिएर राजेन्द्र प्रसाद मेहताको उम्मेदवारी खारेज गरेको छ ।

केन्द्रिय अनुशासन विभागको निर्णयले एक नेपाली काँग्रेसका सच्चा कार्यकर्ताको राजनितिक भविष्य धरापमा परेको छ । उसले लामो समय देखि नेपाली काँग्रेसमा दिएको योग्दान र नेतृत्व अहिले उसका लागि यस्तो निर्णयले विष सावित भएको छ । अब अगामी तीन तहकै निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुले स्वतन्त्र उम्मेदवार खडा गरेर सवारी साधन प्रयोग गर्ने बाटो बन्द हुने अवस्था सृजना भएको छ किनकी स्वतन्त्र उम्मेदवारको प्रस्तावक र समर्थकमा अब कुनै पनि इमान्दार काँग्रेसी कार्यकर्ता बस्नेवाला छैन् र स्वतन्त्र उम्मेदवार पनि बन्नेवाला छैन् ।

राजनिति साम दाम दण्ड भेद हो । भेदको रुपमा हरेक राजनितिक पार्टीहरुले आफना उम्मेदवारलाई जिताउनका लागि कथित उम्मेदवारहरु खडा गरेर अधिकत्तम सवारीसाधनहरुको प्रयोग गर्दैै आइ रहेका छन् । नेपाली काँग्रेसको भोक्राहा नरसिंहको गाउँ अधिवेशनमा कथित उम्मेदवारको समर्थक बसेका राजेन्द्र प्रसाद मेहताको उम्मेदवारी खारेजीको विषयले समग्र नेपाली काँग्रेसको कार्यकर्ताहरुका लागि सबक बनेको छ । देश भरिमा यस्ता प्रकृतिका घटनामा पर्न सक्ने हजारौं कार्यकर्ताहरु छन् तर उनीहरु बेउजुरीका कारण सुरक्षित रहेर नेतृत्वमा पुगेका छन् पुग्दै छन् ।

यदि वास्तवमा नेपाली काँग्रेस भित्र सुद्धिकरणको प्रयास हो भने देश भरि नै स्वतन्त्र उम्मेदवारका प्रस्ताव, समर्थक तथा स्वतन्त्र उम्मेदवार बनेका सबै कार्यकर्ताहरु माथि कारबाही हुनु पर्ने हो । होइन भने गुटगत राजनितिमा नैतिकतालाई विर्सेर पार्टीका इमान्दार कार्यकर्तालाई निशाना बनाउँदै निषेधको राजनितिले कतै नेपाली काँग्रेस आफनै खुट्टामा आफै बन्चरो हानेको त होइन ? सोचनिय विषय बनेको छ । यस खालको निषेधको राजनितिले अगामी स्थानीय तह , प्रदेश र संघिय निर्वाचनमा मैदानमा उत्रने नेपाली काँग्रेसका उम्मेदवारलाई पार्टी भित्रको आन्तरीक वैमन्शयताले कति सहज रहला समयले पुष्टि गर्ने छ ।

Share26Tweet16SendScan
Previous Post

बडादशैं शुरु:आज घटस्थापना

Next Post

कार्तिक मसान्तमा प्रधानमन्त्री देउवा सडक उद्घाटन गर्न आउने: मेहता

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कार्तिक मसान्तमा प्रधानमन्त्री देउवा सडक उद्घाटन गर्न आउने: मेहता

कार्तिक मसान्तमा प्रधानमन्त्री देउवा सडक उद्घाटन गर्न आउने: मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In