Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दुई दर्जन संघ संस्थाद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शान्तिको लागि अपिल (विज्ञप्तिसहित)

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
दुई दर्जन संघ संस्थाद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शान्तिको लागि अपिल (विज्ञप्तिसहित)
183
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीको थुना कक्षमा भोक्रहा नरसिंह-५ का हकिम सा मृत्यु पछि उत्पन्न भएको विवादलाई मध्य नजर गर्दै विभिन्न संघ संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै शान्तिको अपिल गरेको छ। असोज २४ गते भएको घटनालाई साम्य पार्न र सामाजिक सद्भाव कायम गर्न अधिकारका क्षेत्रमा काम गर्नेहरुले अपिल गरेका छन् । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै दुई दर्जन बढी संस्थाले प्रहरी हिरासतमा भएको मृत्युको घटना र परिघटनाको संयुक्त रुपमा सुक्ष्म अध्ययन, अनुसन्धान र उच्च छानवीन गरि यथार्थ सार्वजनिक गर्दै दोषि पहिचान गरेर कार्वाही गरी कानुनी राज्यको अनुभुती गराउन जोडदार माग गर्दै सामाजिक सद्भावको लागि अपिल गरेको छन् ।

विज्ञप्तीमा घटनालाई लिएर कुनै किसिमका उछृखल र सामाजिक सदभावमा खलल पुग्ने कार्य नगरी नगराई जातिय, धार्मिक र साम्प्रदायिकताको नारा नदिई संयमित भई सामाजिक सदभाव कायम गर्न हार्दिक अपिल गरेको छन् ।

विज्ञप्तीमा भनिएको छ, नेपालको संविधान २०७२ को भाग–३ मा व्यवस्था गरिएको ३२ वटा मौलिक हक र नागरिक कर्तव्यको पालना गर्नु सबैको दायित्व हो ।

नागरिकले संविधानमा दिएको अधिकारलाई पूर्ण परिपालना गर्ने, गराउने उसको दायित्व पनि हो । तर २०७८ असोज २४ गते विहानको समयमा जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षिय मोहमद हकिम साको जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा भएको मृत्यु पछिको घटनाले उत्पन्न भएको आन्दोलनले सृजना भएको घटनाक्रम प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

राज्यको हिरासतमा रहेको व्यक्तिको सुरक्षा दिन नसक्नु उसको कम्जोरी भएको देखिन्छ । जे होस जुन घटना भएको छ त्यो कानुनी राज्यको उपहास भएको महसुस गराएको छ ।

हिरासतमा भएको मृत्युको घटनामा सुरक्षा प्रति ध्यान नदिएको देखिन्छ । उक्त घटनाको छानविनका लागि समिति समेत गठन भईसकेको हुँदा सो समितिले निष्पक्ष ढंगले छानविन गरी दोषीमाथी कार्वाही गर्ने अपेक्षा गर्दछौं ।

इनरुवा ९ का विष्णु शर्माको घरमा भएको आक्रमणले पीडित बनेकाले उसलाई न्यायको लागि सरकारले पहल गर्नुपर्ने जरुरी छ । यसका साथै यो दुई केटा केटी बीचको र दुई परिबारको कुरा भएकाले त्यसमा कुनै पनि जातिय र धार्मिक रंग नदिन हार्दिक अपिल गर्दै सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम गर्नको लागि सबै पक्षमा हार्दिक आग्रह गर्दछौं । निधन भएका हकिमप्रति हार्दिक श्रदाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पीडित परिवारहरुलाई समयमित भईदिन समेत आग्रह गरीएको छ ।

सुनसरी जिल्लामा कार्यरत्त संस्था गैरसरकारी संस्था महासंघ सुनसरीका मेघराज न्यौपाने, नागरिक संस्थाहरुको सल्लाहकार समूह सुनसरी, जनसेवा मेडिया प्रालि सुनसरीका ताविल अंसारी, ओरेक नेपाल सुनसरीकी शान्ती दनुवार, एलायन्स नेपाल सुनसरीका अध्यक्ष नईम अंसारी, साझेदारी नेपालका सोनी यादव, सामाजिक विकास केन्द्र सुनसरीका गंगाराम खत्वे, हाम्रो साझा अभियान सुनसरीका सविना सिग्देल, नारी साझा मञ्च सुनसरीका सरिता कार्की घिमिरे, प्रगति जागरण मञ्चका थिरा न्यौपाने सहितकाले विज्ञप्ती जारि गरेको छ ।

त्यसैगरी युचेप नेपालका रविन घिमिरे, सिक्सा सुनसरीका राम कोईराला, कोभिड १९ रयापीट रेस्पोन्स टीम सुनसरीका सचिव जयकृष्ण यादव, एम नेपाल सुनसरीका सोनीया खातुन ९चुन्नी०, इनरुवा मधेसी नागरिक समाजका संयोजक जेके सहयोगी, मानव अधिकार सञ्जाल सुनसरीका हेमन्त पौडेल , मानव अधिकार समूह भोक्राहा नरसिंहका ममता उराँव , मानव अधिकार समूह कोशीका अनिता उराँव, सामाजिक जिवन केन्द्र सुनसरीका हजरत हुसेन, सुरसेर दैनिकका कार्यकारी सम्पादक टोमराज मेहता, सत्य संसार साप्ताहिकका सम्पादक विनायक यादव, नागरिक अभियान डटकमका विवेक मेहता, नेपाली मुस्लिम वेलफेयर सोसाईटीका सेराजुद्धिन मियाँ ,नेपाल स्काउट भोक्राहा नरसिंहका रमेश कुमार यादव लगायतका रहेका छन् ।

संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै

Share73Tweet46SendScan
Previous Post

युवा नेता झाद्वारा बडा दशैको शुभकामना

Next Post

आगामी जनगणनामा थारुहरुकोे तथ्यांक नछुटाउने सम्बन्धि सचेतना

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आगामी जनगणनामा थारुहरुकोे तथ्यांक नछुटाउने सम्बन्धि सचेतना

आगामी जनगणनामा थारुहरुकोे तथ्यांक नछुटाउने सम्बन्धि सचेतना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In