इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा हालै संचालनमा आएको सार्थक प्रयास परिवार संस्थाको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरीको कोशी टप्पु वन्य जन्तु आरक्ष पश्चिम कुशाहाको अकुवा वर्डस रिसोर्टमा शनिवार सार्थक प्रयास परिवारको आयोजनामा सम्पन्न भएको हो ।
भेटघाट कार्यक्रममा सार्थक प्रयास परिवार के हो र यस संस्थाले के काम गर्छ भनेर उत्तम चाम्लिङ राईले जानकारी दिए ।
राईले इनरुवाको बिकासमा जनप्रतिनिधीको भूमिका मात्र नभई सबैले भूमिका अपरिहार्य रहेकोले एकताबाट अघि बढ्नुपर्ने बताए । राईका अनुसार संस्थाले एकल महिला,अती विपन्न परिवार,आर्थिक अवस्थाका कारण शिक्षा बाट बन्चित बालबालिका लगायतको क्षेत्रमा हक हितका लागी सार्थक प्रयास परिवारले अहम भुमिका खेल्दै आएको हो ।
कार्यक्रममा इनरुवा–३ का र हाल अमेरिका बस्दै आएका हरिवंश दुलालले इनरुवाका विकास र अती विपन्न परिवारलाई सहयोग, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा योगदान पु¥याउनुपर्नेमा जोड दिएका थिए ।
समाजसेवी दुलालले सार्थक प्रयास कुनै राजनीतीक दलको नभएको बताए । उनले विकासको काम गर्न जोसुकैले गर्न सक्ने भएकोले सहयोग गर्न अपिल गरेका छन् ।
आगामी दिनमा सार्थक प्रयासको सहयोगमा भगवति माविमा कक्षा–३ सम्म अग्रेजी माध्यम संचालन गने उद्देश्य रहेको र सो कक्षा संचालन गर्न पाठयपुस्तक विद्यार्थीहरुलाई उपलब्ध गराउने आयोजक संस्थाले जनाएको छ ।
इनरुवाका सामुदायिक विद्यालयहरुमा क्रमशः अंग्रेजी माध्यमको पठनपाठन सुरु गराउन पहल गर्ने र पाठयपुस्तक उपलब्ध गराउनका लागि सार्थक प्रयास परिवारले सहयोगी भूमिका निर्वाह गर्ने समेत आयोजक संस्थाका उत्तम चाम्लिङ्ग राईले जानकारी दिए ।
इनरुवा नगरपालिका–४ स्थित रहेको महानन्द पार्कलाई इनरुवा नगरपालिकाको सहयोगमा माटो पुर्ने कार्य जारी रहेकोले यसलाई व्यवस्थित बनाउन सार्थक प्रयासले भूमिका खेलेको समेत उनले बताए । महानन्द पार्कमा सार्वजनिक शौचालयलाई सरसफाई गरी संचालनमा ल्याउने समेत उनले जानकारी दिए ।
सार्थक प्रयास परिवारका अध्यक्ष उत्तम चाम्लिङ्ग राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा हरिवंश दुलाल, प्रमोद आचार्य, शंकरनाथ महाजु, गोपाल कोइराला, चन्दन यादव, योगेन्द्र मेहता, राकेश निरौला लगायत सार्थक प्रयासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।