हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कार्तिक १ गतेबाट सम्पत्ति करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
केही दिन अघि अविरल वर्षाका कारण आएको बाढीले गाउँपालिकाका नागरिकहरुको जनजिवन प्रभावित भएपछि गाउँपालिकाले सम्पति करमा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।
वर्षा र बाढीबाट हरिनगर गाउँपालिकाका किसानहरुले लगाइएको धानवाली, तरकारी बारी नष्ट भएपछि त्यसलाई मध्य नजर गर्दै सम्पति कर अर्थात मालपोत करमा ५० प्रतिशत छुट दिएको हरिनगरका अध्यक्ष अन्सारीले बताए । साथै गाउँपालिकाका स्थानीयवासीहरुको घर समेत डुवानमा परेपछि जनताको दुख्य देखेर सम्पत्ति करमा ५० प्रतिशत छुट दिने घोषणा गरेकोले छुटको लाभ लिनका लागि सर्वसाधारणहरुलाई उनले अनुरोध गरेका छन् ।
सम्पत्ति करमा हरिनगर गाउँपालिकाले कात्तिक १ गतेदेखि लागु हुनेगरि ५० प्रतिशत छुट दिने हरिनगर गाउँपालिकाका कार्यपालिका सदस्य सुशिल कुमार ठाकुरले जानकारी दिएको हो । सुनसरीको १२ वटा स्थानीय तहमा हरिनगर र कोशी गाउँपालिकाले सम्पति करमा ५० प्रतिशत छुट दिएको घोषणा गरेको छ ।