भाण्टाबारी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–८ भाण्टाबारीमा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा कमिटिको अधिवेशन सम्पन्न भएको छ ।
प्रथम वडा कमिटि अधिवेशनबाट नेकपा एमाले कोशी–८ को अध्यक्षमा मनोज सिपलियाको अध्यक्षतमा ३१ जनाको गाउँ कार्यसमिति गठन भएको छ । त्यसैगरी उपाध्यक्षमा कौशल्यादेवी मगर, सचिव संजय कापैर रहेका छन् । त्यसैगरी सदस्यहरुमा सविता ठकुरी, विजय सिपलिया, अम्बिका बस्नेत, रेनुदेवी सदा, रुपेश यादव लगायत ३१ जना सर्वसहमतिबाट चयन भएका हुन ।
वडा अधिवेशनको प्रमुख अतिथि नेकपा प्रदेश सदस्य तथा कोशी इन्चार्ज अजय कुसियैत, विशिष्ट अतिथि तारानन्द मरियैत, जितेन्द्र खेडवार, कमलेश्वरी खेडवार, नसिवलाल यादव, अनिता उराँव लगायतको उपस्थिती रहेको थियो ।