गनेश कुमार यादव
इनरुवा । तिहार नजिकिदैँ गर्दा कुम्हार समुदायले माटोको भाँडा बनाउनमा व्यस्त बनेका छन् ।
सुनसरी सहित बिभिन्न क्षेत्रमा कुम्हार समुदायका मानिस माटोको भाँडा बनाउन दिन रात लागि परेका छन् ।
तिहार र छठमा आवस्यक पर्ने माटोको दियो, कलश, लगायतका माटोको भाँडाको बजारमा माग बढ्दै गएको छ । कुम्हार समुदायका मानिसले कालो माटो ल्यएर दियो,कलश लगायतका सामाग्रीहरु बनाएर बजारमा बेच्ने गर्दछ ।
इनरुवा २ निवासी जितन पण्डितले वर्तमान अवस्थामा कुम्हार समुदायको पेषा संकटमा रहेको बताएका छन् ।
पण्डितका अनुसार माटो पाउन निकै सास्ति खेप्नु परिरहेको अवस्थामा बजारमा आएको रेडिमेट दियो,कलश लगायतका सामाग्रीहरुले आफुहरुले बनाएको माटोको भाँडाले उचित मुल्य पाउन नसकेकोे हो ।
बजारमा उचित मुल्य नदिए पनि आफुहरुले पुर्खौली पेषालाई बचाई राख्न माटोको भाडा बनाइरहेको इनरुवा २ निवासी बद्रि पण्डितले बताए ।