इनरुवा । सुनसरीको इनरुवामा मेरो गणना,मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ सम्वन्धी चार दिने तालिम आइतवारबाट सुरु भएको छ । राष्ट्रिय जनगणनाको दोश्रो चरणको चारदिने तालिम सुरु भएको हो ।
इनरुवा–२ मा रहेको शिक्षा तालिम केन्द्रमा मेरो गणना,मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ गणक तालिम स्थानिय गणना अधिकारी मनोज मेहताले तालिमको उद्घाटन गरेका थिए । तालिममा रामधुनी नगरपालिका र इनरुवा नगरपालिका गरी दुई स्थानका गणकहरु रहेको गणना अधिकारी मेहताले जानकारी दिए ।
पाँच समुहमा बिभाजन गरी तालिम संचालन गरेका छन् भने तीन वटा समुह शिक्षा तालिम केन्द्र इनरुवामा छन् भने दुई वटा समुह शहकारी प्रशिक्षणालयमा रहेका छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेशबहादुर दाहाल,शिक्षा तालिम केन्द्रका प्रमुख सुर्यराज घिमिरे,मुख्य प्रशिक्षक सत्यनारायण मेहता,पत्रकार कृष्ण भटराई,जयकृष्ण यादव, गनेश कुमार यादव,लगायत गणकहरुको उपस्थिती रहेको थियो ।