लौकही । सुनसरीको कोशी गाउँपालीका २ स्थित पश्चिम कुसाहामा नौ दिनसम्म चल्ने नवयज्ञ सुरु भएको छ । कोशी गाउँपालीका वार्ड नम्बर २ पश्चिम कुसाहा साहु टोलस्थित रहेको श्री श्री १०८ श्री लक्ष्मी नारायण मन्दिरमा बिहीबारबाट एघारौं महानवाह यज्ञ सुरु भएको हो ।
कोशी गाउँपालिकाको पश्चिम कुसाहामा ९ दिने सो यज्ञको उद्घाटन पूर्व बिहीबार निकालिएको कलस यात्रामा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसमेत सयौंको सहभागिता रहेको थियो । पश्चिम कुसाहामा रहेको कोशी माविबाट जल लिएर निकालिएको कलश यात्रा कोशी टप्पुसम्म पुगेको थियो । १८ गतेबाट सुरु भएको यज्ञ आगामी २७ गते शनिबार बेलुका ४ बजे अष्टजाम एवं यज्ञ विसर्जन एवं प्रसाद वितरण गरिने भएकोले सो अवसरमा उपस्थित भईदिन सम्पूर्ण हिन्दु धर्मावलम्बीसँग मन्दिर निर्माण समिति एवं स्थानीय समाजले आग्रह समेत गरेको छ ।
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...












