इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले भोक्राहा नरसिंह गाउँपालिका कमिटिले इनरुवाका पाँच जना पत्रकारलाई सम्मान गरेको छ ।
भोक्राहा नरसिंहमा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम गाउँ गाउँपालिका अधिवेशनमा इनरुवाका पाँच जना पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा इनरुवाका वरिष्ठ पत्रकार शशि कोइराला, सुरसेर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक टोमराज मेहता, गोरखापत्रका इनरुवा संवाददाता जयकृष्ण यादव, भूकम्प साप्ताहिकका लुकमान अन्सारी र प्रतिक्षण दैनिकका प्रमुख संवाददाता अजमल हुसैन रहेका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्राताको रक्षा र पत्रकारिता तथा देशको हितमा क्रियाशिल नेपाली पत्रकारीताको गतिविधिलाई व्यापक र प्रभावकारी बनाउन योगदान पु¥याए वापत इनरुवाका पाँच जना पत्रकारहरुलाई सम्मान पत्र मार्फत सम्मानित गरेको नेपाल कम्युनिष्ट पार्टी एमाले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष रामकुमार मेहताले बताए ।
सम्मानितहरुलाई प्रथम अधिवेशनका विषेश अथिति एमाले केन्द्रिय परिषद सदस्य खेमराज पोखरेलले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।