इनरुवा । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभापतिमा इनरुवाका बिरेन्द्र साह निर्विरोध चयन भएका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको वर्तमान कार्यसमिति विघटन गरी नयाँ जिल्ला तदर्थ समितिको सभापति पदमा बिरेन्द्र साहको नेतृत्वमा १५ जनाको कार्यसमिति चयन भएको हो ।
उपसभापतिमा रामधुनीका तिर्थ सुवेदी, मन्त्रीमा इटहरीका कृष्णप्रसाद भट्टराई, उपमन्त्रीमा बराहक्षेत्रका रविन कुमार घिमिरे, बराहक्षेत्रका कोषाध्यक्षमा डम्बर सिग्देल, कोशीका उपकोषध्यक्षमा अनिता उराँव रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा इटहरीका दिपेन्द्र कार्की, इनरुवाका दाताराम पोख्रेल, गढीका लखनलाल साह, इटहरीका विमल पौडेल, बर्जुका राजेश चौधरी, धरानका सविता राई, इनरुवाका योगेन्द्र प्रसाद मेहता, धरानका लक्ष्मी प्रधान र शम्भुप्रसाद भट्टराई रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटीको कार्तिक २३ गते सम्पन्न भएको केन्द्रीय कार्यसमितिको ३०८ औं बैठकको वैधानिक दायित्व पालना नगरेको जिल्ला शाखाहरुलाई नेरेसो प्रचलित विधानको दफा १७(क) ले व्यवस्था गरेको केन्द्रीय कार्यसमितिमा निहित अधिकार गरी दफा ५३ को (४) घ बमोजिम सुनसरीको वर्तमान कार्यसमिति विघटन गरिएको छ । दफा ३५(१) बमोजिम जिल्ला तदर्थ समिति गठन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति बिरेन्द्र साह इनरुवा उधोग वाणिज्य संघका अध्यक्ष समेत हुन् । यसैगरी नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका केन्द्रीय सदस्य समेत रहेका छन् ।