Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसको संगठन सुदृढिकरण र जनता सेवा गर्न मेरो उम्मेदवारी : सभापति अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २७, २०७८
in FEATURE, Uncategorized, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसको संगठन सुदृढिकरण र जनता सेवा गर्न मेरो उम्मेदवारी : सभापति अन्सारी
80
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सभापति ऐयुव अन्सारीले नेपाली कांग्रेसको संठगठन सुदृढिकरण र जनताको सेवा गर्नका लागि पुनः सभापति पदमा उम्मेदवार बनेको बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंहको मोडेल चौकमा वडा सभापति र क्षेत्र प्रतिनिधिसँगको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सभापति ऐयुव अन्सारीले नेपाली कांग्रेसको संगठनलाई सुदृढ गर्दै अगाडी बढ्ने बताएका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मंसिर ३ गते र ६ गते हुने निर्वाचनमा प्रदेश सभा र प्रतिनिधिसभाका लागि उम्मेदवार भएकाहरुलाई जिताउन आवश्यक रहेको भन्दै सभापति अन्सारीले जनताको सेवा समर्पित रहेर कांग्रेसका संगठनलाई बलियो बनाउनका लागि सक्षम युवाहरुलाई टिममा समावेश गरेकोले आ–आफनो ठाउँबाट सहयोग गर्न अपिल समेत गरेका छन् ।

नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर–४ को सभापति एवं कोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका अन्सारीले आफनो क्षेत्रका जनताको समस्या समाधान गर्दै सुकुम्वासी समस्या समाधानतर्फ पनि बढी केन्द्रीत भएकाले अगामी दिनमा भाषणमा होइन् काम गरेर देखाउने अठोट लिएको बताए ।

सुनसरी क्षेत्र नम्बर–४ मा आफु पुनः सभापति पदमा निर्वाचित भएपछि कांग्रेसको संगठनलाई मजबुत बनाई आफनो क्षेत्रलाई कांग्रेसमय बनाउने समेत उनले प्रतिवद्धता गरे ।

नेता तथा कार्यकर्ताहरुलाई झुठो आश्वासन नदिएकोले अगामी दिनमा काम गरेर देखाउने सक्ने क्षमता भएको उनले बताउँदै सुनसरी क्षेत्र नम्बर–४ को कार्यालय नभएकोले झोलामा बोकेर संगठन चलिरहेकोलाई आफु नेतृत्वमा आएपछि कार्यालय स्थापनासँगै लौकहीमा वीपी अध्ययन प्रतिष्ठानको भवन निर्माण गरेको दावी समेत गरे ।

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि गफार अन्सारीलाई पुनः घर फर्काउन बेलामा अहिले कांग्रेसको १४ औं महाधिवेशन मा क्षेत्र नम्बर–४ को सभापति पदका उम्मेदवारले रोकेको कुरालाई समेत नेता तथा कार्यकर्ताहरुलाई स्मरण उनले गराएका थिए ।

नेपाली कांग्रेसको नेता गफार अन्सारीलाई नल्याएको भए आजको कांग्रेसको संगठनको अवस्था कस्तो होला ? भनेर प्रश्न समेत उनले गरे । कांग्रेसमा ल्याएर कांग्रेसको संगठनलाई बलियो बनाएको उदाहरण दिदै उनले अहिले कांग्रेसको तर्फबाट हरिनगरको अध्यक्ष भएर जिम्मेवारी सम्हाल्दै विकासको कामलाई अघि बढाएर नेपाल सरकारको तर्फबाट सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित हुन लागेको समेत उनले बताए ।

नेपाली कांग्रेसभित्र इमान्दार, स्वच्छ छवि, क्रियाशिल नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्दै अवसर प्रदान गर्ने समेत उनले बताए । नेपाली कांग्रेसको संगठनलाई सुदृढिकरण अभियान र कांग्रेसको १४ औं महाधिवेशनको बेला चिन्ता लिनुपर्ने र विचल्ली हुनुपर्ने अवस्था नभएको समेत सभापति अन्सारीको भनाई छ ।

मंसिर ३ गते हुन लागिरहेको प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ का सभापति हारुण अन्सारी, उपसभापति शिवहरी श्रेष्ठ, सचिव नजामुद्धिन अन्सारी(नइम) र बिष्णु मण्डल लगायतको टिमलाई बिजयी बनाउन समेत उनले अनुरोध गरेका थिए ।

सुनसरी क्षेत्र नम्बर–४ का निर्वाचित वडा सभापति र क्षेत्र प्रतिनिधिको बाक्लो उपस्थिती रहेको भेटघाट कार्यक्रममा क्षेत्र सभापति ऐयुव अन्सारीको टिमलाई बिजयी बनाउन आवश्यक रहेको र प्रदेश सभा ‘क’ का सभापति उपेन्द्र कट्वाल र प्रदेश सभा ‘ख’ का सभापति हारुण अन्सारीको टिमलाई बिजयी बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

सुनसरी क्षेत्र नम्बर–४ का सभापति पदमा ऐयुव अन्सारी, सचिवमा रोशन कुमार खड्का र जुगेश्वर यादव तथा सहसचिवमा जितेन्द्र यादव लगायतका पदाधिकारीहरुलाई प्रतिनिधि सभाको निर्वाचनमा अत्यधिक मतले विजयी गराउनुपर्नेमा मतदाताहरुले समेत जोड दिएका थिए ।

Share32Tweet20SendScan
Previous Post

इनरुवा नगर प्याब्सनको पदस्थापना

Next Post

जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या

जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In