बराहक्षेत्र । गत बर्ष कोरोना भाईरस सक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस बर्ष लाग्ने भएको छ । कोभिटका कारण भारतिय तिर्थालु आउन नसक्दा गत बर्ष मेला लाग्न सकेको थिएन् भन्ने व्यपारीहरु तथा छिटफुट रुपमा मात्र स्थानिय भक्तजहरुले मेलाको औपचारिकता मात्र सुरु गरेका थिए ।
भाईरसको सक्रमण दर न्यून हुँदै गएको र मानिसको चहल पहल सुरु भएसंगै यस बर्ष भन्ने मेला आयोजना हुने भएको छ । प्रत्यक बर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक कार्तिके मेला यस बर्ष कात्तिक २९ गते सोमवार एकादशिको दिनबाट सुरु भई मङसिर ३ गते शुक्रवार पुर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुनेछ ।
मेलाको लागि बजार,कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको र मेलाको सम्पन्न तयारी समेत पूरा भएको मेला आयोजक वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरेले बताए ।
उनका अनुसार भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, बिधुत लगाइएको छ। भने विभिन्न स्थानमा महिला र पुरुषको लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण गरिएको छ ।
मेलाको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनको लागि वराहक्षेत्र नगरपालिका, वडा नम्बर १ को कार्यालय, बृहत्तर वराहक्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । उक्त मेला नगरपालिका बन्नेदेखि वराहक्षेत्र संरक्षण मञ्चले व्यवस्थापन गर्दै हुँदै आएको छ ।
भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्तिक्षेत्र र वराहक्षेत्रलाइ संसारको चारधामको रुपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तिर्थयात्री आउने संरक्षण मञ्चका सचिव घिमिरेले बताए । घिमिरेका अनुसार ५ लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको छ ।
मेलालाई व्यस्थिय बनाउन मन्दिर परिसद सरफाई , कोका खोला सस्याउने , रङरोगन लगाउने काम गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।