इनरुवा । सुनसरीको इनरुवा–१ स्थत रहेको जेल फिल्डमा ४८ घण्टे अष्टयाम शुक्रवारबाट सुरु भएको छ । इनरुवा–४ को त्रिवेणीघाटबाट जलभरी हाती घोडा सहितको भब्य कलश यात्रामा अष्टयाम हुने ठाउँमा जल अर्पण गरेका थिए ।
इनरुवा नगरपालिकामा हाती घोडा सहितको कलश यात्रासँगै नगर परिक्रममा गर्दै भब्य कलश यात्रा निकालिएको थियो । दुई हजार भन्दा बढीको सहभागितामा इनरुवा नगर परिक्रममा गर्दै कलश यात्राबाट कुमारी कन्या तथा महिलाहरुले जल अर्पण गरेर अष्टयाम शुक्रवारबाट सुरु भएको हो ।
अष्टयाम पुजा समिति इनरुवा–१ सुनसरीको आयोजनामा इनरुवाको जेल फिल्डमा हिन्दु धर्म संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले ४८ घण्टे अष्टयाम सुरु भएको समितिको संयोजक अभिनन्दन यादवले जानकारी दिए । हिन्दु धर्मावलम्बी भक्तजनहरुले बाँजागाँजा सहित नाँचगान गर्दै जेल फिल्डमा अष्टयाम हुने ठाउँमा जल अर्पण गरेर सुरु भएको अष्टयाम आइतवार सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।
हिन्दु समुदाय र अन्य समुदायबीचको सम्वन्धलाई सुदृढिकरण गर्ने अभियान अन्र्तगत इनरुवामा आपसी सदभाव र भाइचारा कायम गर्ने गरी अष्टयाम शुभारम्भ गरिएको इनरुवाका युवा नेता दिलिप चन साहुले बताएका छन् ।