इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४(क) को सभापति पदमा उपेन्द्र कट्वाल बिजयी भएका छन् । सभापति कट्वालले २२५ मत ल्याएर बिजयी भएका छन् भने नवराज बस्नेत ७६ मत ल्याएका छन् ।
त्यसैगरी उपसभापति पदमा मधुकर तामाङ्ग २३४ र मो.वाजुद्धिन मियाँ २१९ मत ल्याएर बिजयी भएका छन् । उपसभापति पदका उम्मेदवार सुर्य नारायण यादव ६० र हरिनारागण चौधरीले ७२ मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरी सचिव पदमा अमरेन्द्र मेहता २२९ मत र दिपक कुमार सिग्देलले २२१ मत ल्याएर बिजयी भएका छन् । सभापति पदका उम्मेदवार सुरेश प्रसाद यादव ६७ र ज्ञान कुमार राईले ७० मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरी सहसचिव पदमा आशिष राई २३६ मत र मनोज खड्काले २३२ मत ल्याएर बिजयी भएका छन् । सहसचिव पदका उम्मेदवार नरेश सदा ७९ मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरी क्षेत्रीय सदस्यहरुमा कुलमान तामाङ्ग २१७, दिपेन्द्र अधिकारी २१७ मत ल्याएर बिजयी भएका छन् । सुर्य बहादुर श्रेष्ठ ६३ मत ल्याएर पराजित भएका हुन् ।
त्यसैगरी निर्विरोध सदस्यहरुमा मधेशीतर्फ दिनेश साह, मुस्लिम तर्फ नसिम अन्सारी, दलिततर्फ सुमन परियार निर्विरोध निर्वाचित भएका छन् ।
सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(क) मा ३ सय १० मत खसेको थियो । ३ सय ९ मत सदर भएको थियो भने १ मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का वर्तमान क्षेत्रीय सभापति ऐयुव अन्सारीको टिम बिजयी भएका हुन् । क्षेत्रीय सभापति अन्सारीले मतदाताहरुलाई हार्दिक धन्यवाद दिदैं क्षेत्रको निर्वाचनमा पनि मतदान गरे सहयोग गर्नका लागि अपिल गरेका छन् ।