बराहक्षेत्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनकालागि कालुराम चौधरीले सुनसरी सह–सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस सुनसरीका हाल जिल्ला सदस्य रहेका चौधरी केदार भण्डारिको टिमबाट सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
वराहक्षेत्र–८ निवासी चौधरीले यस अगाडी वडा कार्य समितिको पहिलो बैठकमा आफु जिल्ला सह–सचिब पदको आँकाक्षी रहेको बताएका थिए । उनि वडाबाट सर्वसम्मत रुपमा थारु कोटाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित समेत भएका थिए ।
कानुन बिषय लिएर अध्ययन गरेका चौधरी वराहक्षेत्र नगरपालिकाबाट प्रतिनिधित्व हुनु पर्ने र जिल्लाका कार्यक्रम , गतिविधिमा वराहक्षेत्रको महत्त्वपूर्ण उपस्थितिका लागि सह–सचिबमा उमेदवारी प्रस्तुत गरेको चौधरीले बताए । उनले चने , संगठनलाई मजबुत वनाउनका लागि मेरो उम्मेदवारी हो ।