इनरुवा । नेपाली कांग्रेसका युवा नेता मनोज साहले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सम्पन्न क्षेत्रीय अधिवेशनबाट ३ सय ९७ मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर–४ का लोकप्रिय नेताका रुपमा पुनः परिचित भएका छन् ।
नेपाली कांग्रेसमा लामो समयदेखी संगठन बलियो बनाउनका निमित कार्य गर्दै आएका युवा नेता साह कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४ बाट अत्यधिक मत ल्याएर बिजयी भएपछि कांग्रेसका नेता तथा कार्यकर्तामा पुनः लोकप्रिय बनेका छन् ।
सुनसरी क्षेत्र नम्बर–४ को कांग्रेस राजनीतिमा अहम भुमिका खेल्ने साह १४ औं महाधिवेशनको क्षेत्रीय अधिवेशनमा प्यानललाई बिजयी बनाउन सक्रिय भुमिका खेलेका थिए । २०४६ सालदेखी बिधार्थी राजनीतिकमा सक्रिय भएका युवा नेता साहले नेपाल विधार्थी संघ गाउँ इकाई लौकहीको सभापति भएर जिम्मेवारी सम्हालेका थिए भने २०५६ सालमा नेपाल तरुण दलका गाउँ इकाई सभापति भएर निरन्तर पार्टीको काममा नै सक्रिय हुँदै तेस्रो पटक केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अत्यधिक मत ल्याएर बिजयी भएका छन् ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकही घर भएका मनोज साह देउवा समुहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा ३ सय ९७ मत ल्याएर बिजयी भएका थिए । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सभापति ऐयुव अन्सारी सहितको टिमलाई जिताउन अहम भुमिका खेलेका युवा नेता साहले कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि ठोस योजना र रणनीति बनाउने काममा समेत सक्रियता देखाएर पुरा प्यानल नै बिजयी गराउन सफल भएका छन् ।
युवा नेता साह नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलमा जिम्मेवारी सम्हालेर कांग्रेस पार्टीलाई मजबुत बनाउँदै अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएपछि कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सम्पन्न क्षेत्रीय अधिवेशनमा अत्यधिक मतले आफु सहितको टिमलाई बिजयी बनाउन सफल भएका हुन् ।
सुनसरी क्षेत्र नम्बर–४ का वडा सभापति,क्षेत्र प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी र अधिवेशनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरेका सबैलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोज साहले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा साथ सहयोगको अपेक्षा गर्दै कांग्रेसको संगठनलाई बलियो बनाउन आफु सहित टिमको अहम भुमिका रहने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।