Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

डेढ दर्जन स्थानीय कामदारलाई निकालिएपछि अरविन्द पेपर मिल्समा धर्ना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
डेढ दर्जन स्थानीय कामदारलाई निकालिएपछि अरविन्द पेपर मिल्समा धर्ना
89
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित रहेको अरविन्दर पेपर मिल्समा काम गर्ने स्थानीय कामदारहरुलाई बिना कारण निकालिएपछि बिहिवार बिहानबाट धर्ना दिएका छन् ।

अरविन्द पेपर मिल्समा एक वर्षदेखी स्थानीय कामदारहरु काम गर्दै आएको भएपनि उनीहरुलाई बिना कारण कामबाट निकालिएपछि धर्ना दिएका हुन् ।

पेपर मिल्सको मुलगेट अगाडी डेढ दर्जन भन्दा बढी कामदार र उनीहरुका समर्थकहरुले बिभिन्न नाराबाजी गर्दै धर्नामा बसेका हुन् । स्थानीय कामदारलाई प्राथमिकता दिनुपर्ने माग गर्दै उनीहरुले पेपर मिलको मुलगेट अगाडी नै धर्ना दिदै पुनः काममा नफर्काएसम्म धर्ना कार्यक्रम जारी राख्ने बताएका छन् ।

पेपर मिल्समा भारतीय कामदारलाई रोजगारको अवसर सिर्जना गरेकोले निकालिएका स्थानीय कामदारहरुले बुधवार बिहानबाट धर्ना दिएको उनीहरु बताउँछन् ।

कोभिड–१९ को महामारीमा रोजगार गुमेको अवस्थामा एक वर्षदेखी काम सुरु गरेपनि पेपर मिल्सबाट एक्कासी निकालिएको प्रति आपति जनाउँदै उनीहरुले धर्ना कार्यक्रमलाई निरन्तरता दिने समेत बताउँछन् ।

समाजवादी टेड्र युनियन महासंघ प्रदेश नम्बर–१ का उपाध्यक्ष मनोज यादवले अरविन्द पेपर मिल्समा एक वर्षदेखी काम गर्दै आएको हुदाँ एक्कासी मिलबाट निकालिएकोले धर्नामा बसेको बताए । १८ जना कामदारहरुलाई बिना जानकारी र कुनै गल्ती नदेखाउँदै कामबाट निकालिएको विरुद्धमा धर्नामा बसेको बताउँदै यादवले पुनः काममा स्थानीय कामदारलाई नफर्काएसम्म धर्ना जारी रहने बताए ।

श्रम ऐन अनुसार श्रम स्वीकृत लिएर मात्रै भारतीय वा बाहिरका कामदारहरुलाई काम दिनुपर्ने नियम कानुनलाई मिच्दै पेपर मिल्सले स्थानीय कामदारलाई रोजगारबाट निकाली बाहिरकालाई अवसर दिएको विरुद्धमा बिहिवारबाट धर्ना कार्यक्रम सुरु गरेको उनले बताए ।

१८ जना स्थानीय कामदारलाई पुनः बहाली नगरेसम्म धर्ना कार्यक्रम जारी राख्ने र मिल्सले वास्ता नगरेको खण्डमा आन्दोलनको स्वरुप परिर्वतन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी समेत उनले दिएका छन् ।
त्यसैगरी कामदार सन्त कुमार यादवले अरविन्द पेपर मिल्सका काम गर्दै आएको हुदाँ अचानक निकालिएकोले मुलगेटमा नै धर्ना बसेको बताए ।

आफुसँगै १८ जना स्थानीय कामदारलाई निकालिएको हुदाँ पुनः बहाली नगरेसम्म धर्ना कार्यक्रम जारी रहने उनले बताए । समयमा तलब भुक्तानी नदिएको उनले बताउँदै सरकारी तलब अनुसार भुक्तानी दिनुपर्ने माग सहित धर्ना कार्यक्रममा बसेको यादवले बताए ।

त्यसैगरी शंकर कुमार यादवले पनि आफुहरुलाई कामबाट निकालिएको हुदाँ बेरोजगार भएको भन्दै मिलमा पुनः काममा फर्काउन अनुरोध गरेका छन् । एक वर्षदेखी काम गर्दै आएको भएपनि आफुहरुको कुनै गल्ती नभएपनि एकसाथ १८ जनालाई निकालिएकोले मिल्सको मुलगेटमा धर्ना बसेको बताए ।

त्यसैगरी अर्का महिला कामदार मकिना खातुनले पनि अरविन्द पेपर मिल्समा भनेजस्तो तलब सुविधा नदिएको बताएकी छिन् । एकवर्षदेखी काम गर्दै आएको भएपनि ३ सयको दरले ज्याला मजदुरी दिदै आएको र ओभर टाइमको रकम पनि कम दिएकोले श्रम ऐन अनुसार तलब सुविधा दिनुपर्ने माग गरेकी छिन् ।

त्यसैगरी अर्का महिला कामदार अपसना खातुनले प्रत्येक दिन ३ सयको दरले मासिक तलब दिदै आएको र आफुहरुले ज्यालामजदुरी बृद्धि गर्न अनुरोध गर्दा मिलका ठेकेदारहरुले कामबाट निकाल्ने धम्की दिदै आएकोले मिल्सको गेट अगाडी धर्नामा बसेको बताईन् ।

अर्का महिला कामदार सवरुन खातुनले दुई महिना बित्दासमेत मासिक तलब नदिएको गुनासो गरेकी छिन् । मासिक तलब नदिदाँ घरपरिवार चलाउन समस्या भएकोले धर्ना कार्यक्रममा सहभागि भएको उनले बताईन् । आफुहरुलाई मासिक तलब समयमा नदिदाँ समस्या भएको उनले बताईन् । तलबमा बृद्धि गर्नुपर्ने तथा ओभर टाइममा समेत तलब बृद्धि गरी कामकाज गर्न सहज वातावरण मिलाई दिनका लागि मिलका संचलाकलाई उनले अनुरोध गरेकी छिन् ।

 

Share36Tweet22SendScan
Previous Post

‘जातीय नाराले आफुहरुमाथि झुठा मुद्दा लगाइयो’

Next Post

बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In