इनरुवा । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत प्रदेश १ को अधिवेशनको आज उद्घाटनसँगै उम्मेदवारहरुले आ–आफना प्यानल सहित मनोनयन दर्ता गर्ने भएका छन् ।
नेपाली कांग्रेस प्रदेश–१ मा संस्थापन पक्ष र संस्थापन इतर पक्षका उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने भएका हुन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका परमानन्द मेहता र मनोज साहले १ नम्बर प्रदेश सदस्यका आंकाक्षी उम्मेदवार हुन् ।
सुनसरी क्षेत्र नम्बर–४ बाट भारी मतले बिजयी भएका मेहता र साहले प्रदेशको सदस्यमा आँकाक्षी भएकोले उहाँहरुको नाम आज टुङ्गो लाग्ने समाचार श्रोतको दाबी छ ।
संस्थापन पक्षका केन्द्रीय नेताहरुको बैठकबाट सुनसरी क्षेत्र नम्बर–४ बाट प्रदेश सदस्यमा मेहता र साहको नाम टुङ्गो लाग्ने कांग्रेसका एक केन्द्रीय नेता सुनसरी अनलाईनसँगको कुराकानीमा बताए ।
सुनसरी क्षेत्र नम्बर–४ मा संस्थापन पक्षका सभापति ऐयुव अन्सारीको प्यानल सहित बिजयी भएकाले प्रदेश सदस्यहरुमा मेहता र साहलाई अनिवार्य समावेश गर्ने गरी केन्द्रीय नेताहरुको बैठकमा आवाज उठेको थियो ।
नेपाली राजनीतिमा परमानन्द मेहताले लामो समयसम्म संघर्ष गरेर आफनो केरीयर बनाएका हुन् । नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारको नजिक मानिएका मेहता कांग्रेसका योजनाकार समेत हुन् । नेपाली कांग्रेस प्रदेश–१ को मधेशी कोटातर्फ मेहताको टिकट फाइनल हुने निश्चित भएको छ ।
नेपाली कांग्रेसको राजनीतिमा मेहता चर्चित पात्र हुन् । प्रदेशको सदस्यमा फाइनल भएपछि आज संस्थापन पक्षबाट प्रदेश–१ सभापति पदका उम्मेदवार उद्धव थापाको टिमबाट मनोनयन दर्ता गर्ने भएका हुन् ।
सभापति बाहेक अन्य उम्मेदवारहरुको नाम टुङ्गो लाग्न नसकेकाले आज बिहान बस्ने केन्द्रीय नेताहरुको बैठकबाट सबै उम्मेदवारहरुको नाम फाइनल हुने श्रोतको दाबी छ ।
त्यसैगरी सुनसरी क्षेत्र नम्बर–४ का लोकप्रिय नेताका रुपमा परिचित मनोज साहले पनि प्रदेश–१ को सदस्य पदमा आँकाक्षी उम्मेदवार हुन् ।
बिहिवार साँझसम्म कुनै उम्मेदवारको नाम टुङ्गो लाग्न नसकेकाले आज बिहान बस्ने बैठकबाट सुनसरी क्षेत्र नम्बर–४ बाट मनोज साहको नाम पनि टुङ्गो लाग्ने समाचार श्रोतको दाबी छ ।
सुनसरी क्षेत्र नम्बर–४ का लोकप्रिय नेता मेहता र साहलाई प्रदेश–१ सदस्यका उम्मेदवार भएकाले उनीहरुको नाम टुङ्गो लागउनुपर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भनाई छ ।
सुनसरीका बलियो उम्मेदवारका रुपमा रहेका मेहता र साहलाई प्रदेश–१ सदस्य पदमा अत्यधिक मत दिएर बिजयी गराउन पनि नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।