इनरुवा । समाजवादी प्रेस संगठन नेपाल सुनसरीको अध्यक्षमा प्रेम बास्तोला सर्वसम्मतवाट चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्षहरुमा पप्पु यादव, प्रकाश बन्जरा र सचिन राई सचिवमा शिशिर भट्टराई, सह सचिवमा मुस्ताक आलम र कोषाध्यक्षमा रंगिता गजमेर सर्वसम्मतबाट चयन भएका हुन् ।
त्यसैगरि सदस्यहरुमा रिकेश विश्वकर्मा, प्रकाश चन्द्रवंशी, लुकमान अन्सारी, सरिता प्रधान, आशिष काफ्ले, योगराज ओझा, पुनम विक, विवश लामगादे,अम्बिका दर्नाल,पावेल दियाली, जुली शाहशंकर लगायतका २३ जनाको कार्यसमिति सर्वसम्मतबाट चयन गरेको समाजवादी प्रेस संगठन सुनसरीले जनाएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टी निकट पत्रकारहरुको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरीले पुर्णता पाएको छ । पार्टीका उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाको प्रमुख आतिथ्यमा इटहरीमा भएको भेलाले समाजवादी प्रेस संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो ।
मंगलवारबाट सुरु भएको इटहरीमा प्रदेश–१ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमबाट बुधवार समाजवादी प्रेस संगठन सुनसरीले पुर्णता पाएको हो । यस अघ सुनसरी संयोजक प्रेम वास्तोलालाई तोकिएपनि पुर्णता पाएको थिएन् । इटहरीमा सम्पन्न भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमबाट समाजवादी प्रेस संगठन सुनसरीलाई पुर्णता दिदै कार्यसमिति विस्तार गरिएको छ ।
मुलुकको ७७ जिल्लामा समाजवादी प्रेस संगठनका संयोजक तोकिएपनि पुर्णता पाएको थिएन् तर प्रदेश–१ स्थित सुनसरीमा पहिलो पटक प्रेम वास्तोलाको अध्यक्षतामा २३ जनाको कमिटि विस्तार गर्दै पुर्णता पाएर देशमै नमुना जिल्लाको रुपमा सुनसरीलाई चिनाउन सफल भएको हो ।