काठमाडौं । १४ औ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसमा आफ्नो नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेबाट मतदान कार्यक्रम सुरु हुनेछ । युवराज न्यौपानेले सभापति पदमा दिएको उम्मेदवारी फिताृ लिएसँगै अब सभापतिका लागि ५ जना मैदानमा छन् ।
शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको प्रतिस्पर्धामा रहेका छन् । ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले कागजी मतपत्रको माध्यमबाट पानीट्यांकीमा मत खसाउने छन् । मतदान स्थलका रुपमा भृकुटिमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब तोकिएको छ भने एकजना महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नेछन् ।
कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ जसमा सुरुमा सभापतिको मतगणना हुनेछ । सभापति पदमा दुई जनाभन्दा बढी उम्मेदवार भएमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेले मात्रै सभापति जित्ने व्यवस्था छ । उम्मेदवारमध्ये कसैको पनि करिब ५१ प्रतिशत नआएमा बढी मत ल्याएका दुई उम्मेदवारबीच फेरि चुनाव हुन्छ ।
सभापतिको मतगणना राष्ट्रिय सभा गृहमै गरिनेछ भने अन्य पदको मतगणना भने पार्टी कार्यालयमै गर्ने गरी व्यवस्था मिलाइएको छ ।
‘सभापतिको मतगणना सकेर कसले जित्यो भन्ने घोषणा भइसकेपछि मात्रै अन्य पदको मतगणना गरिनेछ । सभापति पद फाइनल नभइ अन्य पदको मतगणना गर्दा टप दुई सभापतिको उम्मेदवारबीच फेरी चुनाव गर्नुप¥यो भने यसले असर पु¥याउँछ भनी यस्तो व्यवस्था गरिएको बुझिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार कम्तीमा १० दिन मत गणना गर्न लाग्ने बुझिएको छ ।