Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन : योग्य र सक्षम उम्मेदवार जिताउन आग्रह

भुगोलबाट केन्द्रीय सदस्यको उम्मेदवार भएकोले साथ र सहयोगको अपेक्षा ः कोइराला, मधेशी कोटाका केन्द्रीय सदस्यका उम्मेदवार सिताराम मेहताले लिए उम्मेदवारी फिर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन : योग्य र सक्षम उम्मेदवार जिताउन आग्रह
48
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
काठमाडौं।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा पूर्वका उम्मेदवार जिताउन प्रदेश नम्बर १ का उम्मेदवारहरुले जोड दिएका छन् । नेपाली काङ्ग्रेस सुनसरीले आइतबार बिहान काठमाडौमा गरेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रियस्तरमा आवाज पु¥याउन सकभर प्रदेश १ का उम्मेदवार जिताउन आवश्यक रहेकोे बताएका हुन ।

नेपाली काङ्ग्रेस पार्टीको १४ औं महाधिवेशन अन्तर प्रदेश नम्बर १ बाट उपसभापति विजयकुमार गच्छदार, महेश आचार्य, केन्द्रिय सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की, राजीव कोइराला,राजीव ढुंगाना, भिम पराजुली, बद्रीनारायण चौधरी, डाक्टर अबुल हुसेन अन्सारी, विजय सन्तोषी राई, केदार कार्कीलगायतले उम्मेदवारी दिएका छन् ।

संविधान निर्माण गर्नेदेखि हरेक जातजाति र समुदायको पहिचान स्थापित गराउन आफ्नो अहम् योगदान रहेको बताउदै नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति तथा पुनः उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारले मेचीदेखि महाकालीसम्मका काङ्ग्रेसलाई जोड्न शेरबहादुर देउवा नेतृत्वको प्यानल जित्नुपर्ने दाबी गरे । विगतमा सबै वर्ग र समुदायको हक अधिकार स्थापित गराउन काङ्ग्रेस चुकेको हुँदा आफूले २०६४ सालमा पार्टी परित्याग गरेको स्मरण गर्दै उनले भने विजयकुमार गच्छदार भाषण गर्न होइन, काम गर्न काङ्ग्रेस फर्केको हो । नेपाली काङ्ग्रेस पार्टीलाई मजबुत बनाउन योगदान दिनसक्ने व्यक्तिलाई मतदान गर्न उनको आग्रह छ ।

सोही कार्यक्रममा बोल्दै उपसभापति पदका उम्मेदवार महेश आचार्यले नेपाली काङ्ग्रेस पार्टी बिस्तारै जोखिम तर्फ जादै गरेको बताउदै भने गुटबन्दीको धमिराले पार्टीलाई खान थाल्यो भन्ने चिन्ता छ । पार्टीमा स्वच्छ प्रतिस्पर्धा गर्ने मौका भन्दा पनि पैसा र बल प्रयोग बढेकाले नेताकार्यकर्ताको स्वभिमान कुल्चिदै गएको छ । पार्टीमा स्वच्छ प्रतिस्पर्धा गर्ने ठाउँमा गुटबन्दीको धमिरा खाएको हुँदा आफ्नो उम्मेदवारी दिएको नेता आचार्यको भनाइ छ ।

नेपाली काङ्ग्रेस सुनसरीको दुई कार्यकालपछि प्रदेश नम्बर १ संसदीय दल नेता समेत रहेका राजीव कोइरालाले प्रदेश सभापति बन्ने चाहना भएपनि त्यसो हुन नसकेपछि भूगोलका आधारमा प्रदेश १ बाट केन्द्रिय सदस्य उम्मेदवार बनेकाले आफूलाई मतदान गर्न आग्रह गरे । नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले १४ औं महाधिवेशन राष्ट्रिय पर्वका रूपमा रहेकोे बताउदै वडादेखि प्रदेशस्तरका निर्वाचन आएको परिणाम बिर्सेर सुनसरी काङ्ग्रेस एकजुट भएर कुनै गुट वा समूह नहेरी सुनसरीको प्रतिनिधित्व हुनेगरी मतदान गर्न आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति राजीव ढुंगानाले नेपाली काङ्ग्रेस पार्टीलाई नयाँ ढंगले हाक्न आवश्यक रहेकाले त्यसको लागि नितिनिर्माण तहमा युवाको प्रतिनिधित्व जरुरी भएकाले आफूले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताए । पार्टीलाई नयाँ ढंगले हाक्नुपर्ने अहिलेको आवश्यकता हो उनले भने त्यसको लागि हिजोका गलतीबाट पाठ सिकेर सुदृढ काङ्ग्रेस बनाउन आवश्यक देखिएकाले आ आफ्नोस्तरबाट सहयोग गरौं ।

काङ्ग्रेस सुदृढ बनाउने हो भने प्रशिक्षित कार्यकर्ता, अनुशासित संगठन बनाउनेदेखि युवामैत्री काङ्ग्रेस, युवाका मुद्दा सम्बोधन गर्न युवा सहभागिता आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको ढुंगानाको भनाइ छ । राष्ट्रियता,जनजीविकाका सवालमा खरो रूपमा उत्रने काङ्ग्रेस बनाउन भागबन्डाका आधारमा नभई नीति र विधानअनुसार चल्ने काङ्ग्रेस बनाउन युवाहरूलाई मतदान गर्न उनको आग्रह छ ।

नेपाली काङ्ग्रेस पार्टीलाई जनप्रीय पार्टी बनाउन योगदान दिनसक्ने व्यक्तिलाई पहिचान सुनसरी जिल्लाबाट प्रतिनिधि बढी भन्दा बढी हुनुपर्नेमा जोड दिदै केन्द्रिय सदस्यका उम्मेदवार डाक्टर अबुल हुसेन अन्सारीले नेपाली काङ्ग्रेस पार्टीलाई सबैको साझा पार्टी बनाउदै नेपाललाई विकासउन्मुख बनाउन आवश्यक रहेकाले मन र मस्तिष्कबाट मनन गरेर मतदान गर्न आग्रह गरे ।

सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पुर्व राज्यमन्त्री सिताराम मेहताले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शनिवार मधेशी तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेपनि आइतवार केन्द्रीय नेताहरुकाृ दवाबमा उम्मेदवारी फिर्ता लिएका छन् । मेहतालाई यसअघिको १३ औं महाधिवेशनमा पनि उम्मेदवारी फिर्ता गराएको थियो भने यस पटको अधिवेशनमा पनि उम्मेदवारी फिर्ता गराइएको हो । संघीय सांसद मेहतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने आश्वासन दिएको समाचार श्रोतले जनाएको छ । कार्यक्रम नेपाली कांग्रेसका सभापति केदार भण्डारीको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साहले संचालन गरेका थिए ।

Tags: उम्मेदवारी फिर्तानेपाली काङ्ग्रेसयोग्य र सक्षम उम्मेदवार जिताउन आग्रह
Share19Tweet12SendScan
Previous Post

हरिनगर एमालेमा पुनः कृष्ण मेहता

Next Post

सभापतिको मतगणना सम्पन्न भएपछि मात्रै अन्य पदको गणना हुने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेसद्वारा सिडिओको ध्यानाकर्षण

सभापतिको मतगणना सम्पन्न भएपछि मात्रै अन्य पदको गणना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In