इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नं. ७ का २ जनाको घरमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ ।
कोशी ७ का देवनारायण यादवको घरबाट सुरु भएको आगोले सुरेन्द्र यादवको घरमा समेत आगलागी हुँदा ६ वटा घरसहित घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका थिए ।
देव नारायण यादव राष्ट्रिय परिचयपत्र बनाउन गएको बेला घरमा कोही नभएको अवस्थामा उक्त आगलागी भएको हो । निजको घरमा रहेका श्रीसम्पत्ति, लत्ताकपडा लगायत सम्पूर्ण सामानहर जलेर नष्ट भएको छ । यसैगरी गरी सुरेन्द्र यादवको गोठ घरबाहेक सम्पूर्ण घरमा रहेका सामानहर जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रण गर्नका लागि कोशीको वारुणयन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासीको सहयोगमा आगो नियन्त्रण गर्न सम्भव भएको थियो । आगलागी भएको दुवै घरमा कति क्षति भयो भन्ने यकिन भने हुन सकेको छैन ।
अग्नी पीडितहरुलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र उपाध्यक्ष अनिता देवी यादवको नेतृत्वमा गएको टोलीले दुवै घरका परिवारलाई २५–२५ हजार सहयोग गरेको छ । यसेगरी खाद्यान्न सामग्र, त्रिपाल, ब्यांकेट, झुल लगायतका सामग्रीहरु समेत उपलब्ध गराइएको थियो ।