Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सहकारीले कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्छ : अन्सारी

सरोकार बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सहकारीले कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्छ : अन्सारी
43
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । प्रदेश–१ का सांसद हाजी ताहिर अन्सारीले सरोकार बचत तथा ऋण सहकारी संस्थाले कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित रहेको सरोकार बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि हाजी अन्सारीले यस्तो कुरा बताएका हुन् ।

ग्रामिण क्षेत्रको सहकारी विकासमा युवाहरुको पहल र प्रयासले धेरै फड्को मारिसकेको हुदाँ हरिनगर गाउँपालिकाकै नमुना सहकारी बनाउनका लागि विगतका दिनमा भएका कमी कमजोरीहरुलाई सुधार गरि नमुना कार्य गरी अगाडी बढ्नुपर्ने उनले बताए । युवाहरुले गरेका सकारात्मक कार्यहरुको प्रंशसासँगै जागरुकताका साथ गरेको कामलाई अभिभावकहरुले निगरानी गर्दै समयमा सल्लाह सुझाव प्रदान गर्नुपर्ने समेत उनले बताए ।

सरोकारका युवाहरुले निराश नभई हिम्मतका साथ अगाडी बढ्नुपर्ने उनले बताउँदै सरोकार नामकले कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षाका समाग्री वितरण गरेकोले धन्यवाद समेत उनले व्यक्त गरे । प्रदेश सांसद हाजी अन्सारीले स्वास्थ्य, शिक्षा, कृषि लगायतको क्षेत्रमा काम गर्नुपर्ने र्तक गर्दै उनले युवाहरुलाई प्रोत्साहन गरि रोजगारी सिर्जना गर्नका लागि भुमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पालिका स्तरका रहेका सहकारीहरुको मुल्याङ्कन, अनुगमन समय समयमा गर्दै आएको बताए । सहकारी संस्थाहरुको योगदानले हनिगरको विकासमा मदत पुगेको उनले बताए ।

सहकारीहरुलाई अझै मजबुत बनाउन पालिकाबाट आफुले योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै सामाजिक क्षेत्रमा सहकारीका पदाधिकारीहरुसँग समन्वय र सहकार्य गरि अगाडी बढ्ने समेत उनले बताए ।

केही महिना अघि आएको भिषण बाढीबाट किसानहरुले लगाएको धानवालीहरु क्षति भएकोलाई उचित मुआब्जा प्रदान गर्न पालिकाका कर्मचारीहरु तथ्याङ्क संकलनका लागि प्रत्येक वडामा गएकोले यथार्थ विवरण दिनका लागि पालिकाबासीहरुलाई अनुरोध समेत उनले गरे । आगामी दिनमा हरिनगर पालिकाभित्र रहेका सहकारीहरुलाई मलखाद वितरण गर्न अनुमति दिने पालिकाका अध्यक्ष अन्सारीको भनाई छ ।

सरोकार बचत तथा ऋण सहकारी संस्था हरिनगर–२ ले आठौं वार्षिक साधारण सभाको अवसरमा आफनो कार्यालय समेत उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हाजी ताहिर अन्सारी र विशिष्ट अतिथि हरिनगरका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका थिए ।

साधारण सभाका अध्यक्ष मोजम्मील हकले सबैको पहुँच पुगाउनका लागि ग्रामिण क्षेत्रमा निरन्तर आठवर्षदेखी सहकारीको माफर्त काम गर्दै आएको बताए । गाउँमा सहकारीको विकासलाई आफुहरुको पहल र प्रयासबाट सहकारीमै बचत गर्न बानीको विकास गर्न सफल भएको र यस सहकारीबाट सुलभमा कर्जा प्रवाह गर्दै आएको बताए । सहकारीबाट आफनै गाउँटोललाई दिगो विकास र समृद्ध बनाउन आफुहरु पनि लागि परेको उनले बताए ।

सहकारीहरुलाई स्थानीय सरकारले संरक्षण, सम्र्वद्धन र प्रर्वद्धन गर्न आवश्यक रहेको उनले बताउँदै सहकारी क्षेत्रको विकास अभियानमा सरकार गम्भिर हुनुपर्ने बताए । हरिनगर गाउँपालिकात्रि काम नगरेका र कोठाभित्र मात्रै रहेको सहकारीहरुलाई अन्य सहकारीमा मर्च गरि नमुना सहकारी बनाउन पालिकाले भुमिका निर्वाह गर्नुपर्ने समेत उनले बताए ।

सरोकार सहकारीबाट गरिव तथा विपन्न परिवारका बालबालिकाहरुलाई छात्रबृति प्रदान, सदस्य चिठ्ठा, युवा क्लबहरुलाई सामाजिक कार्यमा परिचालनसँगै घुस्की, बविया लगायतको ठाउँमा शाखा कार्यालयबाट सेवा सुविधा प्रदान गर्दै आएको अध्यक्ष हकको दावी रहेको छ ।

सरोकार बचत तथा ऋण सहकारी संस्थाले हरिनगर–१ स्थित भुटाहामा रहेको सुनसरी ट्रेड कन्सर्न नामक पेट्रोल पम्प पुर्ण रुपमा खरिद संस्थाको स्वामित्व राखी संचालन गर्दै आइरहेको सरोकारका अकिल अन्सारीले बताए । सरोकारको पहिलो शाखा हरिनगर–७ घुस्कीमा पनि संचालन रहेको छ । घुस्की शाखाले आफ्नो जग्गा खरिद गरेर भवन बनाउने तयारीमा रहेको अन्सारीले बताए ।

सहकारी संस्थाका लेखा संयोजक विनोद कुमार शर्माले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्ष ०७७ ०७८ मा २ करोड ६३ लाख ४२ हजार ६ सय रुपैंया शेयर पूँजी तथा २३ करोड ८१ लाख ८३ हजार ८ सय ७२ रुपैंया बचत संकलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी २२ करोड ७८ लाख ४६ हजार ४ सय २ रुपैंया कर्जा लगानी गरी १६ लाख खुद आम्दानी गरेको जानकारी दिए । संस्थाले यस अर्थिक वर्षमा ३२ करोड रुपैंयाको कूल कारोवार गरेको लेखा संयोजक शर्माले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य सरोकार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सलामुद्दीन अन्सारीले राखेका थिए । साधारण सभामा हरिनगर–५ का आरिफ अन्सारीलाई उत्कृष्ट बचतकर्ताका रुपमा सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणिकर्तामा सेफानी देवी मण्डल र चुन्नुमुन्नी बचतकर्तामा मारिया खातुनलाई सम्मान गरिएको थियो ।

Share17Tweet11SendScan
Previous Post

नेकपा एस निकट अनेमसंघ इटहरी अध्यक्षमा नयनतारा चयन

Next Post

सामी परियोजनाले पत्रकार र समाजका अगुवाहरुसँगको अन्तरक्रिया

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सामी परियोजनाले पत्रकार र समाजका अगुवाहरुसँगको अन्तरक्रिया

सामी परियोजनाले पत्रकार र समाजका अगुवाहरुसँगको अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In