Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी एमाले अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता

सर्वसम्मतको वातावरण मिलाउँदै छौं : उपसचिव निरौला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी एमाले अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता
65
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ७ औं अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।नेकपा एमाले सुनसरीको अध्यक्ष पदमा खेमराज पोखरेल, द्धारिकलाल चौधरी र रेवती रमण भण्डारीले उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्ष पदका उम्मेदवार पोखरेल वर्तमान जिल्ला कमिटिको अध्यक्ष समेत हुन् । पोखरल पुनः अध्यक्षमा दोहोराउन चाहेका हुन् । नेकपा एमाले सुनसरीलाई मजबुत बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी रहेको पोखरेलको भनाई छ ।

नेकपा एमाले पार्टीलाई एक ढिक्का बनाउन, पार्टीको गिरेको साखलाई उच्च बनाउन, सन्तुलित ढङ्गबाट सबै पालिकाका नेता तथा कार्यकर्ताहरुलाई मुलधारमा ल्याउन र एकीकृत पार्टी निर्माणका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको पोखरेलको भनाई छ ।

भण्डारी र चौधरी दुवै पुर्वअध्यक्ष हुन् । पोख्रेल र भण्डारी दुवै संस्थापन पक्षका हुन् । इटहरीका मेयर चौधरी भने २०७७ पुष ५ गते पछि तटस्थ भएका हुन् । अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट उम्मेदवारी दर्ता उनीहरुले गरेका हुन् । अध्यक्ष पदमा तीन जना बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

नेकपा एमाले सुनसरीका उपसचिव लोकेश निरौलाले पार्टीको निर्वाचन पुस २७ गते हुने भएकाले एक दिन समय बाँकी रहेकोले उम्मेदवारहरुबीच सर्वसम्मत गराउने प्रयास जारी रहेको बताए । नेकपा एमाले सुनसरीको नेतृत्व सर्वसम्मतबाट चयन हुने उनले दावी गरेका हुन् ।

निर्वाचन प्रक्रिया पुरा गरेको उनले बताउँदै सर्वसम्मतबाट नेतृत्व चयन हुनेमा कुनै शंका नरहेको बताए । उनले भने, ‘ पार्टीका नेताहरुले सर्वसम्मत गराउन प्रयास जारी राखेको छ । उम्मेदवारी दर्ता गरेपनि सहमतिबाट अध्यक्ष लगायतका पदमा सर्वसम्मतबाट चयन गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको छ । त्यसैले कुनै व्यक्ति बिशेष नभई पार्टी हाक्नेलाई नेतृत्व प्रदान गर्ने र नेतृत्व सर्वसम्मतबाट चयन गर्नका लागि कसरत जारी रहेको छ र सर्वसम्मतबाट नेतृत्व चयन हुन्छ ।’

यसैगरि, एक जनाको उपाध्यक्ष पदमा पनि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नेहरुमा नन्दकुमार बस्नेत, निलम खनाल र लीलम बस्नेत रहेका छन् । बस्नेत हाल जिल्ला उपाध्यक्ष हुन ।

त्यसैगरि एक जनाको सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्नेमा संस्थापन पक्षका पर्शुराम यादव र १० बुँदे पक्षका शुत्रघन यादव रहेका छन् । यस्तै, २ जना उपसचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ । उपसचिव पदमा उम्मेदवारी दर्ता गर्नेहरुमा अञ्जनीकुमार पोखरेल, पदप्रसाद लिम्बु, योग्यराज खड्का, राम कोइराला, लहरुमाया जिमी र लोकेश निरौला रहेका छन् । निरौला वर्तमान जिल्ला उपसचिव हुन् ।

त्यसैगरि कोशी गाउँपालिकाबाट तीन जना खुल्ला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् भने एक जना महिला कोटामा समेत निर्विरोध निर्वाचित भएका हुन् । तीन जना खुल्ला सदस्य पदमा निर्विरोच निर्वाचित हुनेहरुमा कमलेश्वरी खेरवार, कमलेश्वरी यादव र श्याम सुन्दर सिंह रहेका छन् । त्यसैगरि महिला कोटामा अनिता उराँव निर्विरोध निर्वाचित भएकी छिन् ।

त्यसैगरि भोक्राहा नरसिंह गाउँपालिकाबाट तीन जना खुल्ला सदस्य पदमा समेत निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा रमेशप्रसाद यादव, बाबुराम साह र डिल्ली बहादुर विष्ट रहेका छन् ।
त्यसैगरि हरिनगर गाउँपालिकाबाट सुनिता कुमारी मेहता निर्विरोध निर्वाचित भएकी छिन् भने देवानगंज गाउँपालिकाबाट महिलाकोटामा शोभा मेहता निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यसैगरि दुई मधेशी महिला कोटामा समेत निर्विरोध निर्वाचित भएकी छिन् । मधेशी महिलामा निर्विरोध निर्वाचित हुनेहरुमा रेखादेवी मेहता र सवितादेवी साह रहेकी छिन् । त्यस्तै बर्जु गाउँपालिकामा एक महिला कोटामा शोमकुमारी गुरुङ्ग राई निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यसैगरि मुस्लिम महिला कोटामा जमिला खातुन निर्विरोध निर्वाचित भएकी छिन् । त्यस्तै दुई मजदुर महिला कोटामा यामकला मग्राती र सञ्जु प्रधान निर्विरोध निर्वाचित भएकी छिन् । त्यस्तै एक बुद्धिजिवी महिला कोटामा अनिता शर्मा गुरागाई समेत निर्विरोध निर्वाचित भएकी छिन् ।

नेकपा एमाले सुनसरीमा नयाँ नेतृत्वका लागि १३५ जनाको जिल्ला कमिटिको निर्माण हुनेछ

Share26Tweet16SendScan
Previous Post

वराहक्षेत्रमा मकर संक्रान्ती मेलाको तयारी

Next Post

विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In