Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर –६ घुस्कीका २० परिवारलाई पक्की घर हस्तान्तरण

पक्की घर पाएपछि उनीहरुमा खुशयाली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ३, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर –६ घुस्कीका २० परिवारलाई पक्की घर हस्तान्तरण
311
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्की शान्तिनगरका भुमिहिन तथा घरविहिन २० परिवारलाई निर्मित पक्की घर हस्तान्तरण गरिएको छ । हरिनगर–६ घुस्कीका २० परिवारलाई भान्सा कोठा र शौचालय सहित तीन कोठे सुविधा सम्पन्न नयाँ पक्की घर हस्तान्तरण गरिएको हो । हरिनगर–६ घुस्कीमा कष्टकर जिवन बिताईरहेका भुमिहिन तथा घरविहिन २० जना परिवारलार्ई हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालको आयोजना र कतार च्यारेटी नेपालको सहयोगमा सोमबार एक कार्यक्रमकाबीच पक्की घर हस्तान्तरण गरिएको कतार च्यारेटी नेपालका कार्यवाहक निर्देशक इर्शाद अलि सेखले बताएका छन् । भुमीहिन तथा घरबारविहिन भएका परिबारलाई स्थानीय जग्गा दाता सैजुम मियाँले प्रदान गरेको जग्गामा कुल दुई करोड २३ लाख ८० हजार एक सय रुपैयाँको लागतमा २० जना परिवारलाई एक साथ हस्तान्तरण गरिएको कार्यवाहक निर्देशक सेखले बताएका हुन् । सेखका अनुसार कतार च्यारेटीको सहयोगमा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालले निर्माण सम्पन्न गरेको भवन घर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले साचो हस्तान्तरण गरेपछि एकसाथ २० परिवारमा खुसीयाली छाएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ का सामाजिक विकास मन्त्री जयराम यादवले पक्की घर हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षा क्षेत्रलाई बढी ध्यान दिनुपर्ने बताए । उनले भने, ‘मानव सेवा नै धर्म हो । २० जना परिवारलाई पक्की घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नु नै गरिव तथा अति विपन्न परिवारको लागि ठुलो राहत पाएको छ ।’ हरिनगर गाउँपालिकाले आफ्ना नागरिकका लागि घर निर्माण गरेर सहयोग गरेको र आवास हस्तान्तरण गरेकोमा सहयोगीलाई हरिनगरका अध्यक्ष गफार अंसारीले धन्यवाद दिएका छन् । औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेकोमा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले पनि सार्थक र नमुना काम भएको भन्दै प्रसंशा गरें ।
नागरिकलाई हस्तान्तरण गरेका घरमा बस्ने सुत्ने दुईवटा कोठा, भान्सा कोठा र शौचालय छ भने प्रत्येकको घरको छतमा खानेपानी ट्याकी र विधुत समेत जडान गरिएको छ ।

यहाँको २० परिवारका लागि २१ हजार ४०० लिटरको खानेपानी ट्याकी समेत निर्माण गरि प्रत्येक घरमा धारा जडान गरिएको र बिजुलीको समेत सुविधा दिएको छ । आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसकेको र अस्थायी संरचनामा कष्टकर जीवन गुजार्दै आएकी हरिनगर गाउँपालिका ६ की मैमुन खातुनले अब टहरामा जाडोको चिसो सिरेटो खानु नपर्ने, गर्मीमा मछेट, वर्षामा पानी चुहेर हिलाम्मे र धुलो खानु नपर्ने भएको भन्दै खुसी व्यक्त गरेकी छिन् । ‘अस्थायी टहरामा धरै कष्टकर तरिकाले जीवनयापन गर्नु परेको थियो,’ बिगतमा पाएको दुःख सुनाउँदै पक्की घरमा बसेकी खातुनले भनिन् ।, ‘बर्षामा हुने डुवान र जाडोमा हुने शीतलहरको समस्याबाट अन्त्य भएको छ ।’अस्थायी संरचनामा वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन निकै समस्या हुने गरेको थियो । यहाँका घरविहिान तथा सुकुम्बासीहरूको बसोबासको टुंगो लागेपछि दैनिक जीवनयापन गुजार्न सहज भएको उनीहरुको भनाई छ । ‘स्थानीय सरकारको पहल र कतार त्यारेटीको सहयोगमा ट्रष्टले पक्की घर बनाइदियो,’अर्का स्थानीय बीबी जसिरा खातुनले भने,‘अब जीवनयापनमा सहज हुने भयो ।’

पक्की घर बनेपछि जाटो र वर्षामा धेरै राहत मिलेको छ । ‘खाना पकाउने अन्न र दाउरासमेत जोगाउन सकिएको थिएन,’ उनले भनिन्, ‘अहिले ठूलो घरमा बस्न पाइयो । धनीको जस्तो पक्की घरमा बस्ने सपनामा पनि सोचेको थिईन तर पक्की घर स्वर्ग पाएजस्तो भएको छ ।’ उनीहरूले घर भित्र शौचालय रहेकाले खुसी छन् ।

यहाँका सुकुम्बासीहरूलाई छोराछोरी हुर्काउन र बिहान–लुकीको छाक टार्न निकै गाह्रो थियो । ‘पेटको आगो निभाउँदै ठिक्क थियो, चुहिएको छानो कहाँबाट छाउन सक्नु,’ नयाँ घर पाएकी समिना खातुनले भनिन्, ‘अहिले पक्की घर, जस्ताको छानो सपनाजस्तो लागिरहेको छ ।’ मुन्टो लुकाउने थलो दरिलो भएपछि गरिखाने आत्मविश्वास नै बेग्लै भएको उहाँले हर्षित मुद्रामा बताईन् । नयाँ पक्की घर पाएका हरिनगर गाउँपालिका–६ शान्तीनगर बस्तीका सुकुम्बासीका प्रत्येक परिवारका एक एक जनालाई सिलाईकटाई तालिम दिने र स्वरोजगार बनाउने भएको छ । तीन महिने आधारभुत सिलाई कटाई कार्यक्रमको उद्घाटन समेत प्रदेश–१ का सामाजिक विकास मन्त्री जयराम यादवले गरेका थिए ।

आयआजर्न तथा सीपमुलक कार्यक्रम अन्र्तगत २० परिवारलाई आत्मनिर्भरता बनाउनका लागि सो नमुना बस्तीमा तीन महिने सिलाई कटाई तालिम पनि सुरु गर्ने भएको छ । उनीहरुलाई सिलाई कटाई मेसिन सहित अन्य सामाग्री समेत हस्तान्तरण गरेको कार्यक्रम संयोजक हुसेनले जानकारी दिएका छन् ।हस्तान्तरण तथा उद्घाटन कार्यक्रम हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट सुनसरीका अध्यक्ष मोलाना हारुण खाँको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाका कार्यक्रम संयोजक हजरत हुसेनले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट सुनसरीका कोषाध्यक्ष ऐयुव खाँ, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, पुर्व राज्यमन्त्री जाकिर हुसैन, हरिनगर–६ का वडा अध्यक्ष इसराईल अंसारी, जग्गादाता सैजुम मियाँ सहितको उपस्थिती रहेको थियो ।

 

Tags: 1mपक्की घर हस्तान्तरणभुमिहिन तथा घरविहिन
Share124Tweet78SendScan
Previous Post

गठवन्धनबाट प्रदेश–१ मा राष्ट्रिय सभाका लागि तीन जना उम्मेदवार

Next Post

सुनसरी प्रशासनको आदेशलाई धज्जी उडाउँदै तेस्रो बर्जु महोत्सव

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी प्रशासनको आदेशलाई धज्जी उडाउँदै तेस्रो बर्जु महोत्सव

सुनसरी प्रशासनको आदेशलाई धज्जी उडाउँदै तेस्रो बर्जु महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In