इनरुवा । कोरोना महामारीको तेस्रो लहर सुनसरीमा पनि दिनप्रतीदिन बढदै गइरहेकोे बेला सुनसरीको बर्जु गाउँपालिकाको चिमडीमा तेस्रो बर्जु महोत्सव नरोकिएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बर्जु महोत्सव बन्द गर्न लिखित आदेश गरिएपनि सो परिपत्रलाई बेवास्ता गर्दै तेस्रो बर्जु महोत्सव संचालन नै गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशलाई धज्जी उडाउँदै बर्जु महोत्सवलाई निरन्तरता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पुस २३ गते बाट सुरु गर्न अनुमति दिएपनि महोत्सवमा धेरै भीडभाड हुन थालेपनि डीसीएमसीको बैठकको निर्णयले बन्द गर्न आदेश गरिपनि कुनै कार्वान्वयन भएको छैन् । पुस ४ गते सम्म संचालन हुने तेस्रो बर्जु महोत्सवको आज अन्तिम दिए भएपनि धेरै भीडभाड हुने अनुमान गरिएको छ ।
बर्जु गाउँ पालिका ६ चिमडी स्थित रहेको बर्जु तालको खेल मैदानमा बर्जु महोत्सवको नाममा सर्वसाधारणको दिनप्रतीदिन भिडभाड तथा जोखिम बढदै गइरहेको समाचार श्रोतले जनाएको छ । यसै क्रममा जिल्ला प्रसासन कार्यालय सुनसरीले पुस २३ गते बाट माघ ४ गते सम्मका लागी बर्जु महोत्सव संचालनका लागि दिएको दिएको निर्णय कोरोना महामारीको तेस्रो लहर दिनप्रतीदिन बढ्दै गएपछि पुस २७ गतेको डीसीएमसी बैठकको निर्णयले सो आदेश २७ गते बाटै खारेज भएको निर्णय गरेको भए पनि बर्जु महोत्सव रोकिएको छैन ।
बर्जु सामुदायिक विकास केन्द्रको आयोजना लगाइएको तेस्रो बर्जु महोत्सवले जिल्ला प्रसासनको निर्णयलाई अटेर गर्दै आज पनि महोत्सव संचालन हुँदैछ । त्यसैगरि महोत्सवको नाममा सर्वसाधारणसँग प्रवेशको नाममा जनही ५० रुपैयाँका दरले टिकट लिने गरेका छन ।
सर्वसाधारणले ५० रुपैयाँ तिरे बापतको त्यस्तो कुनै पनि सेवा सुविधा न हेको स्थानीयहरुले बताए । बर्जु महोत्सवको नाममा सर्वसाधारणसँग पैसा ठग्ने काम मात्रै भइरहेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । महोत्सवको नाममा कुस्ती खेलमा पनि सर्वसाधारणहरुको ठुलो घुइँचो समेत लाग्ने गर्दछ्न ।
कोरोना भाइरस तेस्रो लहर दिनप्रतिदिन बढ्दै गइरहेको बेला पनि महोत्सव र मेलाहरु संचालन हुदाँ पनि सुनसरी प्रशासन चुपचाप लागेर बसेको उनीहरुको आरोप छ । महोत्सवमा साइकल र मोटरसाइकलको प्रार्किङ्गको नाममा ३० रूपमा सम्म लिने गरेको स्थानीयहरुले जनाएका छन ।












