Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विकासमा सहकार्य, दमनमा प्रतिकार : अध्यक्ष अन्सारी

अध्यक्ष अन्सारीको सरकारी गाडीमा तोडफोड , प्रहरीद्धारा पाँच जना पक्राउ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
विकासमा सहकार्य, दमनमा प्रतिकार : अध्यक्ष अन्सारी
127
SHARES
Share on FacebookShare on Twitter

लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विकास चाहने व्यक्तिहरुसँग सहकार्य गर्न तयार रहेको बताउदै अनावश्यक विरोधकै लागि विरोध गर्नेलाई भने प्रतिकार गर्न पछाडि नपर्ने चेतावनी दिएका छन् । कोसी गाउँपालीकाको केही वडामा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टी नेपाललगायत पार्टीका केही व्यक्तिहरुले गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर जनताका काम अवरुद्ध गरेपछि अध्यक्ष अन्सारी आक्रोशित भएका हुन ।

विकास नचाहने हिंसात्मक गतिविधि गर्ने जस्ता काम गर्ने पार्टी वा समूहको गतिविधि अब स्वीकार्य नहुने बताउदै उनले विकास निर्माणकार्यमा अवरोध पु¥याउने व्यक्तिलाई जनताले प्रतिकार गर्ने उनको भनाइ छ । घटना पश्चात् आक्रोशित अध्यक्ष अन्सारीका सयौं समर्थनहरुले लौकहीमा उनको पक्षमा नाराबाजी गरेका थिए । समर्थनहरुलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले आफू जनताका जायज माग सम्बोधन गर्न तयार रहेको बताउदै विकास नचाहने केही परिचालित तत्वबाट सावधान हुनुपर्नेमा जोड दिए ।

“कोसी गाउँपालीका १ स्थित लौकहीमा गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर,विभिन्न नाराबाजी गर्दै बिहान ११ बजेको समयदेखि साढे चार बजेसम्म जनमत पार्टी नेपाललगायत पार्टीका नेताकार्यकर्ताबाट भएको घटनालाई घोर भत्सर्ना गरेको उनले भने । संविधानमा उल्लेख गरिएअनुसार सूचनाको हक अन्तर्गत हरेक नेपाली नागरिकले स्थानीय तह वा अन्य स्थानमा भए गरेका गतिविधिहरुका बारेमा जानकारी लिन पाउनु पर्दछ अध्यक्ष अन्सारीले अगाडि थप्दै भने यदि कहिँकतै अनियमितता वा भ्रष्टाचार भएको पाइएको अवस्थामा सम्बन्धित निकायमा प्रमाणसहित उजुरीका माध्यमबाट त्यस्ता व्यक्तिलाई कानुनी दायरा पु¥याउन भूमिका निर्वाह गर्नु आमनागरिकको समेत दायित्व हो ।

त्यसको विपरीत केहीदिनयता कोसी गाउँपालीकाको विभिन्न वडा कार्यालयदेखि यस गाउँपालीकाको कार्यालय अगाडि आएर जनताको काम अवरुद्ध गर्ने, जनप्रतिनिधिहरुसँग र्दुव्यवहार गर्ने,गाडीमा तोडफोड गर्नेलगायत अन्य मानवीयसँगै भौतिक क्षति गर्न तत्पर जनमत पार्टी नेपाललगायत पार्टीबाट परिचालित केही व्यक्तिका कारण कर्मचारीहरुसँगै जनप्रतिनिधिहरुले सहजरूपमा काम गर्ने वातावरण नभएको घटनापश्चात् कोसी गाउँपालीकाको कार्यालयले जारी गरेको प्रेस बिज्ञप्ति उल्लेख गरिएको छ ।

सधैं अनुशासित र पारदर्शी तवरबाट कोसी गाउँपालीकाको समग्र विकास निर्माणकार्यका साथै जनताका कामहरु गर्न कटिबद्ध भएर लाग्दै आएको अवस्थामा आइतबारको घटनाले हामीलाई असुरक्षाको आभास भएकाले सुरक्षित भएर भयरहित वातावरणमा जनताका काम गर्ने माहोल बनाईदिन जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय सुनसरीलगायत सँग गाउँपालीकाको कार्यालयले प्रेस बिज्ञप्ति मार्फत माग गरेको छ । त्यसैगरी कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसँग र्दुव्यवहार गर्ने, गाडीमा क्षति पु¥याउने,दिनभर जनताका काममा बाधा पु¥याउने व्यक्तिहरुलाई कानुनअनुसार कारबाही गर्न समेत गाउँपालीका कार्यालयले माग गरेको छ ।

यता नेपाली कांग्रेस सुनसरीले समेत घटनाको घोर भत्र्सना गरेको छ । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ,‘कोसी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सभापति ऐयुव अन्सारीले चढ्ने सरकारी गाडी नम्बर को १ झ ५३९ मा तोडफोड र अध्यक्ष माथि अपशब्द प्रयोग गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’ अराजक कार्य गर्नेलाई सुनसरी प्रशासनद्वारा तुरुन्त पक्राउ गर्न र कानुनी कार्वाही गरि क्षति भएको गाडीमा क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको छ । नेपाली कांग्रेसको माग पूरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलनमा सहभागी भएकाहरु मध्ये पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आन्दोलनमा सहभागी भएका स्थानीय राजकुमार यादव, देवकुमार यादव, ब्रहमदेव यादव, विकास यादव र अलिम मंसुरीलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

Tags: प्रहरीद्धारा पाँच जना पक्राउलौकहीसरकारी गाडीमा तोडफोड
Share51Tweet32SendScan
Previous Post

आइसोलेसनबाट छोरी न्यासालाई सम्झिँदै काजोल

Next Post

सभापति कटुवालद्धारा कोसीमा भएको घटनाको भत्र्सना

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
सभापति कटुवालद्धारा कोसीमा भएको घटनाको भत्र्सना

सभापति कटुवालद्धारा कोसीमा भएको घटनाको भत्र्सना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In