मुम्बई । बलिउड अभिनेत्री काजोल देवगनले आइतबार इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै आफू कोरोनाभाइरसको चपेटामा परेको जानकारी दिएकी छन् ।
उनले आफू कोभिड–१९ पोजिटिभ भएको जानकारी दिँदा छोरी न्यासाको फोटो सेयर गरेकी छन् । मेहन्दी लगाएको हात क्यामेरामा देखाउँदै हाँसिरहेको न्यासाको फोटो सेयर गरेकी हुन् ।
उनले छोरीको फोटो सेयर गर्नुको कारण पनि क्याप्सनमा लेखेकी छन् । वास्तवमा काजोलले छोरी न्यासालाई आइसोलेसनमा बसेर सम्झिरहेकी छन् । न्यासा यति बेला घरभन्दा टाढा पढाइका लागि सिंगापुरमा छिन् ।
श्रोत ः १२खरी डट कम
















