लौकही । सुनसरीको कोसी गाउँपालिकामा नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकही बजारमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बिभिन्न नाराबाजी गर्दै परिक्रमा गरेका थिए ।
नेकपा एमाले कोसी गाउँ कमिटिले बुधबार दिउसो आधा घण्टासम्म चक्काजाम गरेर विरोध प्रदर्शन गरेको छ । सुनसरीको कोसी गाउँपालिकाको वडामा एकपछि अर्को भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले आधा घण्टा चक्काजाम गरेका थिए ।
कोशी गाउँपालिका २ र ३ नम्बर वडामा नागरिक समाजको नाममा भएको पटक पटकको धर्ना, नाराबाजी र घेराउमा उठेको भ्रष्टाचारका मुद्धाहरुको छानविन गर्नुपर्ने र दोषी माथि कार्वाहीको माग गर्दै बुधवार गाउँपालिका कार्यालय नजिक पूर्वपश्चिम लोकमार्गमा प्रदर्शन छन् ।
आन्दोलनमा उत्रेका एमालेका नेता कार्यकर्ताहरुले कोशी गाउँपालिकाको चार वर्षमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गरि दोषीलाई कार्वाही नगरेसम्म विभिन्न चरणको आन्दोलनको कार्यक्रम जारी राख्ने नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले चेतावनी समेत दिएका छन् ।
विरोध प्रदर्शन पछि आयोजित कोण सभामा एमालेका नेता सरोज पोखरेल, डीबी साह शंकर, इन्द्र पोखरेल, एमाले सुनसरी सचिव पर्शुराम यादव, जफर जमाली, नेता सूर्यप्रसाद यादव, रामाधिश अधिकारी, बाबुराम साह, रामचन्द्र यादव लगायतकाले कुनै पनि बहानामा भ्रष्टाचार गर्न नहुने र गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।