इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समितिद्वारा इनरुवामा खवरदारी ¥याली निकालिएको छ । इनरुवा अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउँसो पपुलर एफ एमबाट उक्त ¥याली निकालिएको हो ।
इनरुवामा बिभिन्न नाराबाजी सहित संघर्ष समितिले जिल्ला समन्वय समितीका अध्यक्ष गोपाल राजभण्डारीलाई ध्यानआकर्शण पत्र बुझाएर शान्तिपुर्ण ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालयमा पुगि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई समेत ध्यानआकर्शण पत्र बुभाएका छन् ।
इनरुवा अस्पतालका मेसु डा.देवराज घिमिरे बिरुद्ध भइरहेको कृयाकलापहरुको बिरुद्धमा इनरुवा अस्पताल सुधार संघर्ष समितिद्वारा खवरदारी ¥याली निकालेको संघर्ष समितीका संयोजक दिलिपचन साहुले बताए ।
शान्तिपुर्ण ¥याली इनरुवा–१ लोकतान्त्रिक चौकमा आएर कोण सभामा परिणत भएको थियो । समितिले इनरुवा अस्पतालका मेसु डा. देवराज घिमिरेले अस्पताललाई सुधार गर्ने प्रयास सुरु गरेको र केही दिनमा सुधारात्मक कार्यहरुको प्रंशसा हुन थालेपछि डाक्टर घिमिरेलाई लखेटने प्रयास र उनी विरुद्ध बिभिन्न प्रपञ्ज रच्ने कार्यको विरुद्ध खबरदारी ¥याली मार्फत सचेत गराएको समितिको संयोजक साहुले बताए ।
डाक्टर घिमिरेमाथि षडयन्त्र गर्ने र लख्ेटनेहरुलाई इनरुवाबाट लखेट्ने चेतावनी समेत साहुले दिएका छन् । डाक्टर घिमिरेले रेफर कार्यलाई बन्द गरी उपचार गर्न सुरु गरेको र कर्मचारीहरुको पर्दाफास गर्न थालेपछि डाक्टर विरुद्ध चलखेल सुरु भएका कारण आफुहरुको खबरदारी ¥यालीबाट सचेत नभए उनीहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।