इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले देवानगंज गाउँपालिका कमिटिको सचिवमा रितिक यादव सर्वसम्मत चयन भएका छन् । पालिका स्तरीय संगठन विस्तार गर्ने क्रममा देवानगंज गाउँपालिका कमिटिको सचिवमा यादव सर्वसम्मतबाट चयन भएका हुन् ।
नेकपा एमालेको संगठनलाई पालिका स्तरमा बलियो बनाउनका लागि दिएको जिम्मेवारीलाई इमान्दारीताका साथ निभाउने नेकपा एमाले देवानगंज गाउँपालिकाका सचिव रितिक यादवले बताए ।
यादवले अघिल्लो स्थानीय तहको निर्वाचनमा देवानगंजमा कांग्रेसले अध्यक्षमा जितेको हुनाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई बिजयी गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।
सचिव यादवले पार्टीको निर्देशन र विद्यान अनुसार काम गर्ने र पार्टीका नेता तथा कार्यकर्ताहरु अनुशासनमा रहेर पार्टीको गतिविधिलाई अघि सार्ने समेत बताए ।
नेकपा एमाले देवानगंज गाउँपालिका कमिटिले आगामी निर्वाचनको लागि ठोस निर्णय र भावी रणनीति तय गरी चुनावमा होमिने उनले बताए ।
पार्टीले दिएको जिम्मेवारीले काम गर्न सहज भएकोले निष्ठापुर्वक संगठनको लागि काम गर्ने पालिकाको सचिव यादवको भनाई छ । संगठनको लागि अहोरात्र खट्ने र नेकपा एमालेमा समेत सर्वसाधारणहरुलाई प्रवेश गराउने कार्यको योजना रहेको यादवले जानकारी दिए ।