बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसले संगठन निर्माण कार्यलाई तिब्रता दिएको छ । वडा समितिले टोल समिति गठन र पार्टी प्रवेश कार्यक्रमलाई तिब्रता दिएको वडा सभापति खेमबहादुर थापाले बताए ।
सभापति थापाका अनुशार सोमवार र मङलबार गरेर ४ वटा टोल समिति गठन गरिएको छ । साबिक महेन्द्रनगर गाबिसका ४ बटा वडा मिलेर बनेको हालको वराहक्षेत्र ८ मा बनेको थियो ।
सोमवार वडा सभापति खेमबहादुर थापाको अध्यक्षतामा साबिकका वडा नं ३ वडामा भिसम राई ( बिजय ) सभापति र साविक ९ नम्बर वडामा अंकत राई सभापति रहेको टोल समिति गठन गरिएको थियो । त्यस्तै साविक वडा नं ८ मा दिनेश दाहाल र साविक वडा नं ७ मा रामजि बस्नेत सभापति रहेको टोल कमिटी गठन गरिएको वडा सचिव अच्चुत भट्टराईले बताए । टोल समितिमा १ सभापति २ उपसभापति , सचिब , कोषध्यक्ष र सदस्यहरु समेतको जिम्मेवारी दिएको छ ।
टोल समिति गठन कार्यक्रममा वडामा नेपाली कांग्रेस प्रतिको लहर नै चलेको प्रदेश महाधिवेशन प्रतिनिधि रोशन खड्काले वताए । मङलवार खड्कै सक्रियतामा उराँव टोलका इन्द्रलाल उराऊ, बरमदेव उराऊ, देवनारायण उराउ लगाएका स्थानीयहरुलाई कांग्रेस प्रवेश गरेका थिए ।
त्यस्तै मङलवारनै साविक ७ नम्बर वडामा भएको टोल समिति गठन कार्यक्रममा पनि स्थानीयहरु कांग्रेस प्रवेश गरेका थिए । बिदुर थापा , नगेन्द्र थापा , प्रेम कुमार क्षेत्री लगाएत नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
उक्त टोल समिति गठन र पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रमेश कार्की , महाधिवेशन प्रतिनिधि शुशिलादेबि खनाल , प्रदेश प्रतिनिधि रोशन खड्का , पुर्व जिल्ला सदस्य संकर बस्नेत, कालुराम चौधरी , पुर्ब नगर सह– सभापति रत्नवहादुर राउत लगाएत नगर सदस्यहरु, क्षेत्रिय प्रतिनिधि , वडा कार्य समितिका पदाधिकारी , सदस्यहरुको उपस्थित रहेको वडा सभापति खेमबहादुर थापाले बताए ।