इनरुवा । प्रदेश नम्बर–१ का प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाल–भारतको सीमा सुरक्षामा मुस्लिम समुदायको भुमिका अपरिहार्य रहेको बताएका छन् । जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट धरान सुनसरीद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश प्रमुख खापुङ्गले नेपाल–भारत सीमा क्षेत्रमा मुस्लिम समुदायको ठुलो योगदान रहेको चर्चा गर्दै सीमा सुरक्षामा उनीहरुको ठुलो योगदान रहेको बताए । जियाउल हकको समेत सो सम्मान कार्यक्रममा उनले चर्चा गर्दै उनकै नामबाट जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट स्थापना गरेर सामाजिक क्रियाकलाप गर्दै आएकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गरे ।ट्रष्टले शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी र उत्पादनमा बढी ध्यानदिनुपर्ने प्रमुख खापुङ्गले बताए । खापुङ्गले मुलुकको अर्थतन्त्र बलियो हुनेसके मात्र विकासले फड्को मार्न सक्ने समेत उनले बताए । बहुधार्मिक, बहुजातिय,बहुभाषिक,बहुसांस्कृतिक मुलुक भएकाले सबैको सम्मान गर्दै एकताको सुत्रमा बाँधनुपर्ने उनको कथन छ । बेरोजगारी समस्यालाई न्युनीकरण गर्नका जियाउल हक मेमोरियलले भुमिका निर्वाह गरी शिक्षाबाट बञ्चित रहेका बालबालिकाहरुलाई शिक्षा आर्जनका लागि समेत भुमिका खेल्नुपर्ने बताए ।
जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट धरान सुनसरीको अध्यक्ष डाक्टर खालिद हुसेनले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । हुसेनले बुवाको सम्झनामा र बुवाको नामलाई यथावत राख्नको लागि ट्रष्टबाट सामाजिक क्रियाकलापहरु गर्दै आएको बताए ।
हुसेनले सामाजिक कामलाई निरन्तरता दिदै आएको , शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिई काम गरेको बताए । हुसेनले २०५७ सालमा स्थापना गरेको जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टले निःशुल्क औषधि वितरण, धरानमा शव वहान संचालन, लगायतको गतिविधिहरु गर्दै आएको समेत बताए ।सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर–२ का डाक्टर अबुल बकालाई सो कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । मुस्लिम समुदायबाट इस्लामिक शिक्षामा विद्यावारिधीको उपाधि प्राप्त गरेकोले जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट धरान सुनसरीले एक कार्यक्रमको आयोजना गरी सम्मानित गरिएको हो । २०२१ मा मक्काको उम्मुल कोरा विश्वविद्यालयबाट अलमनाहिज अद्दा अबिया फि शिवह अलकारा अल हिन्दीया विषयमा विद्यावारिधी प्राप्त गरेको उनलाई सम्मान गरिएको ट्रष्टका अध्यक्षका हुसेनले बताए । प्रोत्साहन गर्नु हाम्रो दायित्व भएको र मनोवल उच्च बढाउन समेत डाक्टर बकालाई सम्मान गरिएको छ ।
सम्मानित हुने अबुल बकाले देशलाई अमर चयन शान्तिका लागि शिक्षामा जोड दिनुपर्ने बताए । बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गरी रोजगारको अवसर सिर्जना गर्न ट्रष्टले भुमिका निर्वाह गर्नुपर्ने बताए । युवाहरुलाई शिक्षा क्षेत्रमा बढी प्राथमिकता दिई समुन्नत समाज निर्माण गर्नमा उनले जोड दिएका थिए । ट्रष्टका कृष्ण अग्रवालले शिक्षा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । दुर्गम क्षेत्रलाई लक्षित गर्दै काम गर्दै आएकोले समाज सुधार र समाज निर्माणमा ट्रष्टले अहम भुमिका निर्वाह गरेको उनले बताए ।
जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट धरान सुनसरीका अध्यक्ष डा खालिद हुसेनको अध्यक्षताका सम्मान कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटल, नेपाल– भारत मैत्री संघ इनरुवाका अध्यक्ष सन्तोष कुमार देव, भुमी आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वे लगायतको सहभागिता रहेको थियो । खगेन्द्र प्रसाद खतिवडाले कार्यक्रम संचालन गरेका थिए ।