इनरुवा । जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट धरान सुनसरीले बराहक्षेत्र नगरपालिका–११ मधुवनको मकतब तफहिमुल कुर्आन मदर्साका एक सय ३५ जना बालबालिकाहरुलाई पोशाक वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बीच जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टले गरीव तथा अति विपन्न बालबालिकाहरुलाई पोशाक वितरण गरेको हो ।
जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट धरान सुनसरीका अध्यक्ष डाक्टर खालिद हुसेन हकले अध्ययनरत रहेका गरीव तथा अति विपन्न बालबालिकाहरुको पहिचान गरी पोशाक वितरण गरिएको बताए ।
ट्रष्टले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएर सामाजिक क्षेत्रमा काम गर्दै आएकोले बराहक्षेत्र–११ मधुवनको सो मदर्साका एक सय ३५ जना बालबालिकाहरुलाई पोशाक वितरण गरिएको अध्यक्ष हुसेनले बताए ।
बालबालिकाहरुलाई प्रोत्साहन गर्नका लागि पोशाक वितरण गरिएको र आगामी दिनमा पनि यस ट्रष्टले योगदान पु¥याउने समेत उनको भनाई छ । यस अघि पनि सुनसरीको विभिन्न ठाउँमा ट्रष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिसकेका छन् । सो मदर्साका बालबालिकाहरुले पोशाक पाएपछि खुशी भएका छन् ।
कार्यक्रममा मौलाना सैफुद्धिन नदवी, महेन्द्र खत्वे, मौलाना युसुफ, मुफ्ती क्यामुद्धिन कस्मी लगायतकाले मदर्सामा अध्ययनरत बालबालिकाहरुलाई पोशाक वितरण गरेका थिए ।