सुकदेब चौधरी
सुनसरी । नेपाल बार एशोसिएशन सुनसरी जिल्ला अदालत बार इकाईका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी बारको सभाहलमा आयोजित कार्यक्रममा निवर्तमान समितिका पदाधिकारीहरुले नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरेको छ । निवर्तमान समितिका अध्यक्ष शारदा प्रसाद अधिकारीले नवनिर्वाचित समितिका अध्यक्ष अश्विनी कुमार भट्टराईलाई आफ्ना कार्यकालका सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन ।
नयाँ समितिका अध्यक्ष भट्टराईले पद ग्रहण गर्दै आफ्नो क्षमताले भ्याए अनुसार कार्यकाल राम्रो र ऐतिहासिक बनाउनका लागि सदैव लागि पर्ने तथा अदालतलाई स्वच्छ निस्पक्ष र छिटो छरिता न्याय सम्पदानका लागि बार बेन्चको छलफललाई प्राथमिकतामा राख्ने, बारको पुस्तकालाय व्यवस्थापन गर्ने जस्ता प्रतिवद्धता जाहेर गरेका छन् ।
नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा नेपाल बारका उपाध्यक्ष मान बहादुर रुमदालीले बधाई तथा शुभकामना दिदै आगामी कार्यकाल सफल बनाउन अझै सशक्त भएर न्यायलयका बिकृती विसंगती हटाउन जोड दिनु भयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि तथा जिल्ला न्यायाधिश कैलाश प्रसाद सुवेदीले आगामी कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै बार बेन्च समन्वय गरेर अगाडी बढनेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा नवनिर्वाचित समितिलाई नेपाल बारका सदस्य पंचनारायाण मण्डल, बार काउन्सीलका काउन्सीलर प्रेम प्रसाद पोखरेल, बरिष्ठ अधिवक्तहरु रामप्रसाद घिमिरे, हेमराज पोखरेल, अर्जुन मेहता, सरकारी वकिलका सहन्याधिवक्ता गणेश प्रसाद सापकोटा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
सो कार्यक्रममा नवनिर्वाचित पादधिकारीहरुलाई खादा, प्रमाण पत्र तथा अबिर लगाएर निर्वाचन समितिका प्रमुख नवराज आचार्यले पदस्थापन तथा सपथ ग्रहण गराएका थिए ।