इनरुवा । सुनसरीको इनरुवामा रहेको इनरुवा इभेन्ट म्यानेजमेन्ट क्लबले बार्षिक साधारणसभा सम्पन्न गरेको छ । करिव ११ बर्ष पछि साधारण सभा सम्पन्न गरि नयाँ कार्य समिति चयन गरेको छ । साधरण सभाबाट अध्यक्षमा संजय मेहताको अध्यक्षतामा ११ जनाको कार्यदसमिति चयन भएको हो ।
उपाध्यक्षहरुमा अरविन्द केसी र सुशान्त बस्नेत सचिवमा मनोज निरौला, सहसचिवहरुमा निता कार्की र अमन लिम्बु, कोषाध्यक्ष पर्वत मानन्धर सर्वसम्मतबाट नेतृत्व चयन गरिएको इनरुवा इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
त्यसैगरी सदस्यहरुमा दिनेश विष्ट, समिर कार्की, सरोज ढकाल, प्रकाश भट्टराई चयन भएका हुन् । यस अघि इनरुवा इभेन्ट म्यानेजमेन्ट क्लबको अध्यक्षमा राकेश निरौलाले जिम्मेवारी पाएका थिए ।