टोमराज मेहता
इनरुवा । आसन्न स्थानीय तहको निर्वाचन हुन केही दिन बाँकी रहदाँ नेपाली कांग्रेसको तर्फबाट हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले मतदाताहरुसँग आर्शिवाद लिँदै मत माग्नमा व्यस्त बनेका छन् । चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमलाई निरन्तरता दिदैँ अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारीले एक पटक पुनः जिताउनका लागि मतदाताहरुलाई अनुरोध गर्दै हिडेका हुन् ।
संविधान जारी भएपछि पहिलो पटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हरिनगर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष अन्सारीले दोश्रो पटक पनि कांग्रेसबाट टिकट पाएर जनताको घरदैलोमा पुगेर मतदान गरिदिन अनुरोध गरेका हुन् ।
जनताको लोकप्रिय नेताका रुपमा रहेका निवर्तमान अध्यक्ष अन्सारी निडर र साहसी नेताका रुपमा रहेका सो क्षेत्रमा अहिले चुनावी अभियानलाई तीव्रता दिदै जनताको मन जित्दै मत माग्नमा सक्रिय रुपमा लागेका छन् ।
७ वटा वडा रहेको हरिनगर गाउँपालिकामा निवर्तमान अध्यक्ष अन्सारी बैशाख १२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरी चुनाव चिन्ह पाएपछि चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमलाई बिशेष प्राथमिकता दिएर मतदाताहरुलाई रिझाउँदै कांग्रेसका उम्म्ेदवारहरुलाई बिजयी गराउन सकेमात्र हरिनगरमा बाँकी रहेको विकासलाई निरन्तरता दिन सक्ने उनले बताए ।
निवर्तमान अध्यक्ष अन्सारी अहिले प्रत्येक वडामा पुगेर मतदाताहरुसँग भेटघाट गर्दै सुझाव समेत संकलन गरिरहेका छन् ।
निवर्तमान अध्यक्ष अन्सारीले जिम्मेवारी पाएको पाँच वर्षमा हरिनगरको मुहार फेर्न सफल भएको युवा नेताको रुपमा चर्चा पाएका छन् । हरिनगरका मतदाताहरुको रोजाईमा पर्न सफल भएका अध्यक्ष पदमा उम्मेदवार अन्सारीले जनतासँग गरेका वाचा अनुसार पुनः पूरा गर्ने प्रतिवद्धता सहित चुनावी मैदानमा होमिएका छन् ।
हरिनगरको मतदाताहरुको रोजाईमा पर्न सफल भएपछि घरदैलो कार्यक्रममा उनलाई जितको अग्रिम बधाई तथा शुभकामनाको ओइरो लाग्न थालेको छ । मतदाताहरुले उनलाई आर्शिवाद दिइरहेका छन् । विकासप्रेमी युवा नेता अन्सारीले आप्mनो पाँच वर्षे कार्यकालमा कसैलाई काखापाखा नगरेको मतदाताहरुको बुझाई छ । घरदैलो अभियानमा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारीले हसिलो अनुहारका मतदाताहरुसँग मत माग्न पुगेपछि उनीहरु खुशीका साथ उत्साहित भएको पाइन्छ ।
हरिनगर गाउँपालिकामा कांग्रेसका बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएपछि अन्य दलका उम्मेदवारहरु बिभिन्न प्रोपगण्डा अपनाएर आप्mनो पक्ष मत बटुल्न खोजेपछि अन्सारीले अरुको बहाकावमा नपर्न अनुरोध गर्दै कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन् ।
पाँच वर्षमा गरेका उदाहरणीय कामहरुलाई मुल्यांकन र अनुगमन गर्न समेत उनले अनुरोध गर्दै आपूmले पाएको जिम्मेवारी इमान्दारिताका साथ निभाएकोले जनताको दुःखसुखमा सदैव साथ र सहयोग आगामी दिनमा पनि गरिरहने समेत उनले वाचा गरेका छन् ।
वर्षायामको मौससमा हरिनगर गाउँपालिकाको ७ वटै वडामा आउजाउ गर्न समस्यालाई बिशेष प्राथमिकतामा राखेर योजनाहरु पुरा गरेकाले अहिले चुनावी अभियानमा प्रचार प्रसार गर्न अन्य दलहरुलाई समेत सहज भएको उनको कथन छ ।
हरिनगरमा कृषि, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार विकास गर्न पछि नहटेका कारण समयमै रिङ्ग रोडको अवधारणा ल्याएर अहिले सबै वाटोहरु कालोपत्रे बनाइएको, पुलहरु निर्माण सम्पन्न भएको लगायतका कामहरु देखेर अन्य दलहरुलाई एजेण्डा नपाएर आपूm विरुद्ध बिभिन्न प्रोपगण्डा अपनाएकोले त्यस्ता उम्मेदवारहरुको पछि नलाग्ने समेत अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारीले अपिल गरेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष, उपाध्यक्ष, ७ वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई जिताउने जिम्मेवारी मतदाताहरुको हातमा आएकोले एक पटक माया गरेर रुख छापमा मतदान गरी बिजयी बनाई विकास र सेवा गर्ने मौका प्रदान गर्न समेत उनले हरिनगरका मतदाताहरुलाई आग्रह गरेका छन् ।