टोमराज मेहता
इनरुवा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले इनरुवा नगरपालिकाले इतिहास रचेको बताएका छन् । हिजो राष्ट्रिय पत्रकारिता दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाखको पुरस्कार राशी सहित “राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८” बाट सम्मानित भएका पत्रकार अहमदले नेपाल सरकारले पछिल्लो समय ग्रामिण क्षेत्रमा कार्य गर्ने योग्य दक्ष र अनुभवीलाई समेत मुल्यांकन गर्न थालेको बताएका हुन् ।
२०७९ बैशाख १ गते इनरुवा नगरपालिकाका निर्वतमान नगर प्रमुख राजन मेहतालाई समेत राष्ट्रपति विद्यादेवी भण्डारीद्धार सुप्रवल जनसेवा श्री पदकबाट बिभूषित गरिएको थियो । नगर क्षेत्रको विकासमा टेवा पुर्याएको भन्दै नेपाल सरकारले उच्च मुल्यांकन गरेर निवर्तमान नगर प्रमुख मेहतालाई मानपदवी सहित सम्मानित भएको २३ दिनपछि इनरुवाले फेरी ठूलो सफलता प्राप्त गरेको छ ।
इनरुवा नगरपालिका वडा नम्बर २ निवासी पत्रकार इकवाल अहमद विगत २५ वर्षदेखी पत्रकारिता क्षेत्रबाट समाजलाई उजागर गर्दै आएका छन् । नेपाल सरकारले निष्पक्ष,उत्तरदायी, व्यावसायिक, खोजमुलक र बिश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रर्वद्धन गर्दै जनताकोलाई सुसूचित गराउने महत्वपूर्ण कार्यमा पुर्याएको योगदानको कदरस्वरुप “राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८” उनलाई प्रदान गरेको छ ।
त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर २ कै निवासी इनरुवा नगरपालिकाका निवर्तमान नगर प्रमुख मेहतालाई समेत नेपाल सरकारले संविधान दिवसको अवसरमा असोज ३ गतेको निर्णय अनुसार २०७९ बैशाख १ गते राष्ट्रपतिको कार्यालय शीतल निवासमा सो मानपदवीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गरेकी थिईन् ।
इनरुवा नगरपालिका वडा नम्बर २ मा निवर्तमान नगर प्रमुख मेहता र पत्रकार अहमद सम्मानित भएपछि इनरुवा नगरपालिकाले इतिहास रचेको पहिलो पटक हो । निवर्तमान नगर प्रमुख मेहता र पत्रकार अहमद एउटै वडाका निवासी हुन् । नेपाल सरकारबाट उनीहरुले इनरुवा नगरपालिकामा मधेशी र मुस्लिम समुदायबाट सम्मानित हुनुले समग्र नगरबासीको मान इज्जत बढेर गएको छ ।
पत्रकार अहमदले आपूmले प्राप्त गरेको पुरस्कार र सम्मानमा तमाम शुभचिन्तक, सहयोगी, सल्लाहकार अग्रजहरुसँगै इनरुवा नगर र आसपासका सम्पूर्ण नागरिकको पहिचान जोडिएको उनले बताए । आगामी दिनमा आप्mनो पत्रकारिताको यात्रालाई थप सशक्त बनाउँदै देश र जनताका लागि जीवन समर्पित गर्ने समेत उनले स्पष्ट पारे ।
पत्रकार अहमदले पत्रकारिताको यात्रालाई निरन्तरता दिदैँ २५ वर्ष पूरा गरेको छ । इनरुवा नगरपालिकाबाट नेपाल पत्रकार महासंघको अधिवेशनबाट केन्द्रीय सदस्य पदमा अत्यधिक मत प्राप्त गरेर निर्वाचित भएका पत्रकार अहमदले नेपाल सरकारबाट समेत सम्मानित भएकोले इनरुवाबासी खुशी भएका छन् । इनरुवा नगरपालिकाको पहिचानलाई मुलुकभर कायम गरेका उनीहरु अहिले सम्पतिका रुपमा रहेकाले नगरपालिकाले संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको छ ।