Saturday, April 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर–४ मा जसपाले भत्कायो कांग्रेसको लालकिल्ला, जसपाको वडाध्यक्ष सहित प्यानल बिजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर–४ मा जसपाले भत्कायो कांग्रेसको लालकिल्ला, जसपाको वडाध्यक्ष सहित प्यानल बिजयी
132
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ मा जनता समाजवादी पार्टी बिजयी भएको छ । हरिनगर–४ मा जनता समाजवादी पार्टीको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार देवनारायण मेहता सहित पुरै प्यानल बिजयी भएको हो ।

हरिनगर–४ नेपाली कांग्रेसको गढ मानिएका वडा हो । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा सुदीलाल मेहता निर्वाचित भएका थिए । तर यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निवर्तमान वडाध्यक्ष मेहता टिकट पाउने चर्चा भएपनि अन्तिम समयमा आएर वडाध्यक्ष पदको टिकट राजेश कुमार पालले पाएका थिए ।

हरिनगर–४ नेपाली कांग्रेसको लालकिल्ला मानिएको वडामा यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले रेकर्ड तोड्दै जसपाको लालकिल्ला गाड्न सफल भएको हो । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार सुदीलाल मेहतासँग तत्कालिन संघीय समाजवादी पार्टीबाट वडाध्यक्ष पदमा देवनारायण मेहता झिनो मतले पराजित भएका थिए ।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा हरिनगर–४ का वडाबासीहरुले परिवर्तन चाहेकाले आज आएको नतिजाले जसपाका युवा नेता देवनारायण मेहता भारी मतले पुरै प्यानल सहित निर्वाचित भएका छन् ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकालमा हरिनगर–४ मा विकास लगायतका कामहरु गर्न असफल भएका कारण जनताले उनीहरुलाई रुचाउन सकेनन् । जनताले परिर्वतन चाहेका हुनाले यस पटकको निर्वाचनमा जसपाबाट उम्मेदवार बनेकाहरुलाई भारी मत दिएर उनीहरु निर्वाचित गराएका हुन् ।

कांग्रेसको गढलाई भत्काउन यसपटकको निर्वाचनमा जसपका नेताहरु सफल भएका छन् । हरिनगर–४ को वडाध्यक्ष पदमा देवनारायण मेहताले १ हजार १ सय ९१ मत मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कैची छापका युवा नेता इरफान अन्सारीले ७ सय ७१ मत ल्याएर पराजित भएका छन् । मेहता ४ सय २० मतान्तरले निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार बीरेन्द्र मेहताले ५ सय ४० मत ल्याई तेस्रो स्थान ओगट्न सफल भएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेश कुमार पालले ३ सय १३ मत ल्याई चौथो स्थान ओगट्न सफल भएका हुन् ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट महिला सदस्य रुबी देवी मेहता, दलित महिला सदस्य चन्द्रवति देवी राम, वडा सदस्यहरुमा सुभाष चन्द्र झा र उमेश प्रसाद मेहता भारी मतले पुरै प्यानल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हरिनगर–४ का नवनिर्वाचित वडाध्यक्ष देवनारायण मेहताले वडालाई नमुना बनाई विकासको लहर ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा जनताको भोट लिएका जनप्रतिनिधिहरुले कुनै पनि विकासको नमुना काम नगरेकाले जनताले यस पटकको चुनावमा दण्ड दिएको उनले बताए ।

जनताको सेवामा अहोरात्र खट्ने र हरिनगर–४ को विकास गर्ने प्रमुख जिम्मेवारी आपूmहरुको काँधमा आएकोले पाँच वर्षमा कम बोल्ने र धेरै काम गरेर देखाउने अठोट लिएर जनताको माझमा आएको समेत नवनिर्वाचित वडाध्यक्ष मेहताले टेलिफोनको कुराकानीमा बताए ।
यस निर्वाचनमा मन र मत दुवै दिएका हरिनगर–४ का वडाबासीहरुलाई मेहताले धन्यवाद ज्ञापन गरेका छन् ।

जनताको ऋणि भएकोले जनताको सेवमा २४ सै घण्टा अहोरात्र खटने प्रतिवद्धता सहित निर्वाचनको समयमा गरेको वाचाहरु समयमै पुरा गर्ने मेहताको भनाई छ । हरिनगर–४ मा जम्मा ३ हजार ७ सय ९४ मत खसेको थियो । जसमा १ सय ७२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share53Tweet33SendScan
Previous Post

जसपाबाट देवानगंज अध्यक्षमा बेचन बिजयी, उपाध्यक्षमा कांग्रेसकी कुमारी विभा

Next Post

इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी

इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In