गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुरुवा १० जल्पापुर स्वास्थ्य चौकी लाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीको अतिथ्यतामा
जल्पापुर स्वास्थ्य चौकी लाई पोसण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।इनरुवा–१० जल्पापुरमा रहेको स्वास्थ्य चौकीले नेपाल सरकारले निर्देशित गरेको बिभिन्न सुचकाँक लाई आधार मानेर पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निखिल पोखरेलल जानकारी दिए ।
इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले स्वास्थ्य चौकीले समुदायमा नमुन कार्य गरेको र नेपाल सरकारले निर्देशित गरेको बिभिन्न सुचकाँक लाई आधार पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा पोसण मैत्री स्वास्थ्य संस्था घोषणा भएको जानकारी दिए ।नगर प्रमुख भण्डारीले जल्पापुर स्वास्थ्य चौकीका इन्चार्जदेखी सबै कर्मचारीको सराहनीय कामले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएकोले अगामी दिनमा पनि उदाहरणीय काम गर्न सुझावसहित शुभकामना दिएका थिए ।कार्यक्रमा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता मेहता,इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, इनरुवा–१० का वडाध्यक्ष, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निखिल पोखरेल गगायत वडा वासिन्दाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम इनरुवा नगरपालिका नगर कार्यपालिकाको कायर्यालय इनरुवा,सुनसरीले आयोजना गरेको थियो ।