गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा शनिवार बिश्व हिन्दु परिषद सुनसरी,नेपालले मोटरससाईकल ¥याली निकाल्ने भएको छ ।
हिन्दूत्व जागरण एवम् हिन्दूवादी नेतृ नुपुर शर्माको समर्थनमा बिश्व हिन्दु परिषद सुनसरी,नेपालले बृहत मोटरससाईकल ¥याली निकाल्ने भएको हो ।
जेष्ठ ४ गते शनिवार बिहान १० बजे इनरुवाको बिहीबारे हाटबाट बृहत मोटरसाइकल ¥याली निकाल्ने हिन्दु जागरण अभियानका नगर संयोजक रमेशकुमार साहले जानकारी दिए ।
उक्त मोटरसाइकल ¥याली इनरुवा,झुम्का,इटहरी,दुहवी हुँदै पुन इनरुवामा आएर कोणसभामा परिणत हुने साहले जानकारी दिए ।
उक्त मोटरसाइकल ¥यालीमा हिन्दु समुदायका मानिहरुको उत्साह जनक सहभागिता रहने संयोजक साहले जानकारी दिए ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












