गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा शनिवार बिश्व हिन्दु परिषद सुनसरी,नेपालले मोटरससाईकल ¥याली निकाल्ने भएको छ ।
हिन्दूत्व जागरण एवम् हिन्दूवादी नेतृ नुपुर शर्माको समर्थनमा बिश्व हिन्दु परिषद सुनसरी,नेपालले बृहत मोटरससाईकल ¥याली निकाल्ने भएको हो ।
जेष्ठ ४ गते शनिवार बिहान १० बजे इनरुवाको बिहीबारे हाटबाट बृहत मोटरसाइकल ¥याली निकाल्ने हिन्दु जागरण अभियानका नगर संयोजक रमेशकुमार साहले जानकारी दिए ।
उक्त मोटरसाइकल ¥याली इनरुवा,झुम्का,इटहरी,दुहवी हुँदै पुन इनरुवामा आएर कोणसभामा परिणत हुने साहले जानकारी दिए ।
उक्त मोटरसाइकल ¥यालीमा हिन्दु समुदायका मानिहरुको उत्साह जनक सहभागिता रहने संयोजक साहले जानकारी दिए ।
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...