गनेश कुमार यादव
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । हरिनगर गाउँपालिकाको रामनगर भुटाहामा रहेको श्री बालकृष्ण माविमा पहिलो पटक पाँच दिने आधारभूत पत्रकारीता तालिम आइतबारबाट सुरु भएको हो ।
यस अघि हरिनगरमा कुनै किसिमको पत्रकारीता तालिम नभएको तालिममा सहभागि भएका विद्यार्थीहरुले बताएका छन् ।
हनिगरमा पहिलो प टक पटक आधारभूत पत्रकारीता तालिम निःशुल्क सुरु भएको र तालिममा सहभागी हुँन पाउँदा विद्यार्थीहरु उत्साहीत भएर उक्त तालिमा सहभागी भएका थिए ।
उक्त तालिम उद्घाटन गर्दै हरिनगर गाउँपाकिकाका कार्यपालिका सदस्य सुशिल कुमार ठाकुरले पत्रकारिता क्षेत्र अध्ययन र अभ्यास दुवै अति आवश्यक रहेको स्पष्ट पारे ।
पत्रकारिता पेशा सवै किसिमको आकर्षण भएको कारण अहिलेको प्राविधिकसंग खेल्न सकिने युवाको खाँचो रहेको उनले बताए ।
त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीका स्वकीय सचिव समिम अंसारीले उक्त पत्रकारीता तालिम लिएर आफ्ना गाउँपालिका,गाउँ समाजमा उठेका कुराहरुलाई निष्पक्ष तरिकाले सञ्चारको माध्यमबाट सबैलाई अवगत गराउँने सचेत गराउँने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी सुरसेर राट्रिय दैनिक पत्रिकाका सम्पादक नईम अंसारीले तालिम लिई सकेपछी आाफ्ना गाउँघरमा ओलझेलमा परेको समस्या पहिचान गरि पत्रिका मार्फत वा सोसल मिडिया मार्फत आम जनता र सरकार समक्ष पुर्याउँने विश्वास व्यक्त गरे ।
अंंसारीले “सञ्चार क्षेत्रमा अहिले केही कमी कमजोरी पनि देखीएको छ ,त्यो सबै अबको सिकाइ पश्चात त्यस्ता त्रुटीहरु नआओस ।”भनेर विद्यार्थीहरुलाई सुझाव दिए ।
तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष् तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का मुख्य प्रशिक्षक रहेका थिए ।
सुनसरी पब्लिक अनलाईन मिडिया प्रालिकाे आयोजना र हरिनगर गाउँपालिकाको सहयोगमा पाँच दिने आधारभूत पत्रकारिता तालिम आजबाट सुरु भएको हो ।
तालिममा प्रमुख अतिथी सुशील कुमार ठाकुर ,हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीका स्वकीय सचिव समिम अंसारी,सुरसेर दैनिकका सम्पादक नइम अन्सारी ,सुरसेर दैनिकका व्यवस्थापक आरिफ अन्सारी, ,सुरसेर दैनिकका सह–सम्पादक नसिम अंसारी,सुनसरी अनलाईका प्रमुख सम्वाददाता गनेश कुमार यादव लगायतको उपस्थिती रहेको थियो भने ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।