गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–५ बलाहामा जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार शिखर पुरुष स्वः गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्म जयन्तिको अवसरमा वडा नं–५ मा रहेको नवयुग एकेडेमीको प्राङ्गणमा जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा इनरुवा–५ बलाहाका जेष्ठ नागरिकहरुलाई फिजियो थेरापी, स्वास्थ्य निःशुल्क परिक्षण गरिएको थियो । करिव एक सय ५० जना भन्दा बढी जेष्ठ नागरिहरुले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा निस्शुल्क औषधि समेत वितरण गरेको इनरुवा नगरपालिका वडा नं–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेलले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी केदार भण्डारी, विशिष्ट अतिथी इनरुवा–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल,जिवन मेहता लगायतको उपस्थिती रहेको थियो भने एक सय ५० जना जेष्ठ नागरिकले सेवा पाएका थिए ।
उक्त कार्यक्रम जिल्ला आयुर्वेद अस्पताल इनरुवाले आयोजना गरेको थियो भने इनरुवा नगरपालिका वडा नं–५ को कार्यालयको सहयोगमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम जिल्ला आयुर्वेद अस्पतालका प्रमुख संजिव यादवको अध्यक्षताममा सम्पन्न भएको थियो ।














