रोजगार संयोजकहरुसंगको अन्तरक्रिया
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा रोजगार संयोजकहरुसंगको अन्तरक्रिया सम्पन्न भएको छ ।
सोमबार इनरुवा नगरपालिकाको सभाहलमा रोजगार संयोजकहरुसंगको अन्तरक्रिया सम्पन्न भएको हो ।
सुरक्षित आप्रवासन परियोजना (सामी)ले रोजगार संयोजकहरुसंगको अन्तरक्रिया सम्पन्न गरेको सामीका प्रमोद मेहताले जानकारी दिए ।
सामुदायिक विकास संस्था (सिडिओ ) सुनसरीको आयोजना र धरान,इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको सहकार्य तथा सामी, हेलभेटासको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उनले बताए ।
सामीका कार्यक्रम अधिकृत देव नारायण चौधरीले सहजीकरण गरेका थिए ।