गनेश कुमार यादव
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्र भित्रका कबडी खेलाडीलाई सम्मान गरिएको छ ।
इनरुवामा सोमबार एक कार्यक्रमको आयोजना गरेर इनरुवा नगरपालिकाकी उप–प्रमुख बिनिताकुमारी मेहताले कबडी खेलाडीहरुलाई सम्मान गरेकी हुन् ।
सप्तरीको राजबिराजमा सोमबारबाट सुरु भएको प्रथम महिला आमन्त्रण राष्ट्रिय प्रतियोगीतामा भाग लिएका इनरुवाका कबडी खेलाडीहरु सफलताको शुभकामना दिदै उप–प्रमुख मेहताले सम्मान गरेकी थिइन् ।
बिभिन्न क्षेत्रबाट आफूहरुले सम्मान र नेश्नल ट्रफि प्राप्त भएपनि इनरुवा नगरपालिकाले बिर्शिएको र पछिल्लो समयमा आएर सम्मान गर्दा खुसी महसु भएको खेलाडीहरुले बताए ।
इनरुवा नगरपालिकाले बिगत बार्ष बर्षमा बिभिन्न खेल गरेको भएपनि कबडी खेललाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्दै आउने दिनमा कबडी खेल समेत सञ्चालन गर्नका लागि खेलाडीहरु माग गरेका छन् ।
खेलाडीहरु राष्ट्र तथा नगर क्षेत्र भित्रको गहना भएको बताउदै राजविराज खेल्नका लागि गएका खेलाडीलाई जितको अग्रीम शुभकामना दिएका थिए ।
कार्यक्रममा इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोेखरेल, सुनसरी खेलकुद क्लवका अध्यक्ष तथा अन्तराष्ट्रिय रेफ्री तरुण कुमार यादव, इनरुवा ३ का अध्यक्ष रमेश श्रेष्ठ, सुरज लुइटेल, जुग्नु साह, खगेन्द्र गुप्ता लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भएकाहरुले खेलाडीलाई होसल्ला प्रदान गर्दै जितको अग्रीम शुभकामना दिएका थिए ।












