गनेश कुमार यादव इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नं–४ मा भैसीं ब्लक विकास कार्यक्रम तथा सामाग्री वितरण तथा सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । बिहिबार कोशी गाउँपालिका वडा नं–४ कटान क्षेत्रमा भैसीं ब्लक विकास कार्यक्रम,सामाग्री वितरण तथा सार्वजानिक सुनुवाई सम्पन्न भएको हो । उक्त कार्यक्रममा कोशी गाउँपालिकाका सात बटा वडाका किसानहरुले पचास प्रतिसत अनुदानमा भैसी,कुटी काट्ने मेसिन र औषधी पाएका थिए भने एउटा दुग्ध डेरी समेत सञ्चालनमा आएकाे छ । भैंसी ब्लक विकास समन्वय समिति कोशीको आयोजना र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा,सुनसरीको सहयोगमा कोशी गाउँपालिकाका किसानले ३५ वटा भैंसी, गोठ सुधारका,कुटी काट्ने मेसिन र औषधी उपलब्ध गराएको भैंसी ब्लक विकास समन्वय समिति संयोजक शिवनारायण यादवले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको ब्लक विकास कार्यक्रम अन्तरगत कोशी गाउँपालिकामा भौंसी ब्लक कार्यक्रम यो वर्षदेखी सुरु भएको प्रदेश नं–१ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं–१ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, विशिष्ट अतिथी प्रदेश नं–१ पशु पंछी तथा मत्य विकास निर्देशनालयका निर्देशक पशुपती ढुङ्गाना,कोशी गाउँपालिका वडा नं–४÷६ का वडा अध्यक्ष लगायतको उपस्थिती रहेकाो थियो ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












