इनरुवा । सुनसरीको सदरमुकाम समेत इनरुवामा कर प्रशासन बैंकर्स व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार उद्योग वाणिज्य संघ इनरुवाको सभाहलमा कर प्रशासन बैंकर्स व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका हो ।
उद्योग वाण्ज्यि संघ इनरुवाका कोषा अध्यक्ष गिरीराज अटलले स्वागर मन्तव्य राखेका थिए । आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत ज्ञानेन्द लगायतले आ–आफ्ना मन्तव्य राख्दै कसरी इनरुवा व्यापार व्यवसायलाई सुदृढीकरण गर्ने लगायतको बिषयमा छलपफल गरेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत ज्ञानेन्द्र राई,ग्लोवल आईएमई बैंकका बिनोद यादव,गिरीराज अटलको आतिथ्यता रहेको थिया भने इनरुवाका सबै बैंकका प्रमुख,प्रतिनिधी ,कर अधिकृत तथा उद्योग व्यवसाईहरुको सहभाागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ इनरुवाले आयोजना गरेको थियो । उद्योग वाण्ज्यि संघ इनरुवाका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्ष्तामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












